Tuesday, December 7
Shadow

मैले कुनै दिन देह’त्या’ग गरेँ भने पनि म एक्लो हुनु पर्दैन अब किनभने उज्वल दाइले मलाई उता कुरिरहनु भएको हुनेछ 

चप्पल–कारखाना अफिसबाट घर फर्कंने बेला उज्वल दाइलाई जोड लगाएर भनेँ, ‘दाइ सुन्नु न ! कान्तिपुर टीभीमा एउटा प्रोग्राम आउँछ नि, त्यसमा सधैं
अरू पार्टीका ठूला नेतालाई मात्रै बोलाउँछन्, कुनै दिन विवेकशीलबाट तपाईं र गोविन्द दाइलाई पनि बोलायो भने कस्तो राम्रो हुन्थ्यो के !,

’ एक्साइटमेन्टमा थिएँ सायद । एउटै प्रश्नभित्र दाइले उत्तर पनि दिनुभयो, ‘रञ्जु, त्यो प्रोग्राममा तिमी किन हुन सक्दैनौ ?’यस्तो थियो उज्वल दाइको तरिका !
नेतृत्व सिकाउने एउटा सरल तरिका ! दाइ खासमा कडा स्वभावकै मान्छे हुनुहुन्थ्यो– एकदम जिद्दी ! चाहेको काम जसरी पनि हुनैपर्छ भन्ने ! तर, हामीलाई फेल हुन भने कहिल्यै रोक्नुभएन ।

मैले कत्ति काम बिगारेकी छु ! तर, रमाइलो के भने काम बिगार्दा उहाँ एकदमै रिसाउनुहुन्थ्यो अनि फेरि अर्को काम गर्न लगाइहाल्नुहुन्थ्यो, सिकाइहाल्नुहुन्थ्यो ।
फेल हुन पाएर पनि मलाई कुनै काम गर्न डर लाग्दैन । र, मजस्ता धेरै साथी छौं, जसको अनुभव यस्तै छ ।हामी दाइकै अघि भन्ने गर्थ्यौं, ‘फलानो–फलानो
बेला बूढा तपाईंले लास्टै चेताउनुभएको थियो !’ फेरि दाइलाई ‘बूढा’ भन्या पटक्कै मन नपर्ने !

‘पख न तिमीहरू पनि मेरो एजमा आइपुग्छौ अनि चेत्छौ’ भन्नुहुन्थ्यो । एक पटक ज्ञानेश्वरको ‘गली–गली’ भन्ने अफिसको कार्यक्रममा २ बजे पुग्नुपर्ने थियो ।
‘सडक सन्देश’ कार्यक्रमको तयारीले म अन्य साथीहरूसँगै जान पाइनँ । त्यो अफिस पुग्ने बाटो अलिअलि थाहा थियो, त्यसैले ‘पुगिहाल्छु नि’ भन्ने लाग्यो ।

तर, म १:४५ बजे ज्ञानेश्वरबीच पुगेर अड्किएँ । साथीहरूलाई धेरै फोन गरेँ । त्योबेला म्याप हेर्न न मसँग स्मार्टफोन थियो, न अरू केही उपाय ! फसाद
पर्‍यो ! दाइको फोन आयो, तर मलाई बाटो बताउनुको सट्टा गाली गर्नुभयो, ‘कस्तो सिल्ली, इडियट ! पहिल्यै गुगल म्याप हेरेर आउनुपर्दैन ?’ म बीच
बाटोमै चित्त फुटेर रोएँ । सोचेँ, ‘म किन काम गर्दै छु यो मान्छेसँग ?’ एक मनले सोचेँ– ‘भोलिदेखि आउँदिनँ ।’ अनि लामो सास फेरेँ ।

साभार गरियको