Monday, December 6
Shadow

आमिर खानकी छोरी इराका बोल्ड तस्बिरहरु सामाजिक संजालमा भाइरल – ( तस्बिरहरू सहित )

काठमान्डौ : बलिउडको चर्चित तथा साहसी अभिनेता आमिर खान सबैको मनमा बस्न सफल छन् । बर्षौ पछि पनि उनको फ्यानहरु उतिकै
पाउन सकिन्छ । आमिर खानले उनको छोरा छोरीलाइ अहिलेसम्म बलिउडबाट टाढै राखेका छन् ।

आमिरको छोरी इरा खान अहिलेसम्म बलिउडमा कतै नदेखिए पनि सामाजिक सञ्जालमा उनको चर्चा निकै नै हुने गरेको पाउन सकिन्छ ।आइरा
खानको तस्बिर सामाजिक सञ्जालमा सञ्जालमा प्रशस्तै पाउन सकिन्छ।

उनि सामाजिक सञ्जालमा प्राय: सधै फोटो पोस्ट गर्छिन। केहि समय पहिला मात्र उनले केहि तस्बिर सार्वजनिक गरेकी छिन् । उक्त्त तस्बिर
अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

इरा खानले आफ्नो आधिकारिक इन्स्टाग्राममा भर्खरका दुई तस्बिरहरू पोस्ट गरेकी छिन् । तस्विरहरूमा उनी स्विमिंग पुल अगाडि रमाईलो छिन्।

फोटोको बारेमा कुरा गर्दा उनि बिकनीमा गुलाबी रंगको शर्टमा छिन् । इरा स्विमिंग पुलको छेउमा बिभिन्न पोजमा तस्विरहरू क्लिक गर्दै
गरेको देख्न सकिन्छ । यी तस्विर पोष्ट गर्ने बित्तिकै उनको फ्यानहरुले राम्रा नराम्रा टिप्पणी गर्न थालेका छन् ।

तस्बिर भाइरल हुदै गर्दा उनको फोटोमा कमेन्ट गर्दै एक व्यक्ति लेख्छन, ‘तिमि सँग जति पनि पैसा छ, त्यसैले तिमीहरु
आफ्नो धर्मको लाज राख्न पनि सक्दैनौ ।’ त्यस्तै कमेन्टमा अर्को एक व्यक्ति लेख्छन्, ‘आफ्नो नामबाट खान थर हटाउ ।’ हेर्नुहोस तस्बिरहरु !
साभार यहााबाट गरियको ः साझा सञ्जाल

यो पनि पढ्नुहोस ! सोनू भन्छन्ः प्रधानमन्त्री बन्न आग्रह आएको छ तर, राम्रो काम गर्न सत्ता र पदमा बस्नुपर्छ भन्ने छैन…

एजेन्सी । केही दिन अगाडि बलिउड नायिका हुमा कुरेशीले बलिउड कलाकार सोनु सुदलाई भारतको प्रधानमन्त्री बन्नका लागि आग्रह गरेकी थिइन् ।
सोनु प्रधानमन्त्रीका रुपमा चुनावमा उठेको खण्डमा आफूले भोट हाल्ने हुमाको तर्क थियो ।

सोनुले हालै मात्र एक वेवसाइटसँगको कुराकानी गर्दै यो बिषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘यो अली धेरै नै भयो ।
यदि, हुमालाई यस्तो लाग्छ भने पक्कै पनि मैले केही राम्रो काम गरेको हुनुपर्छ । तर, म उनीसँग सहमत छैन । हामीसँग सक्षम प्रधानमन्त्री छन् ।’

उनले, आफ्नो काँधमा यो जिम्मेवारी उठाउनका लागि आफू निकै सानो भएको बताएका छन् । सोनुले राजीव गान्धी ४० बर्षमै प्रधानमन्त्री भएको
स्मरण गर्र्दै आफूसँग राजनीतिको अनुभव कम भएको बताए । उनले, आफू र आफ्नो परिवार राजनीतिबाट निकै टाढा रहेको पनि बताएका छन् ।

सोनुले राम्रो काम गर्नका लागि सत्ता र पदको आवश्यकता नभएको पनि बताएका छन् । उनले भनेका छन्–‘मलाई काम गर्न मन पर्छ । म एक
कलाकारको नाताले नै यो कुरामा रमाइरहेको छु । मलाई लाग्छ कि, हामी सत्तामा कुनै पद नपाएर पनि यी कामहरु गर्न सक्छौं ।’