Sunday, October 24
Shadow

सर्वोच्चको नागरिकता सम्बन्धी आदेश पछि पूर्वयुवराज पारस शाहकी छोरीले लेखिन यस्तो !

सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पूर्वयुवराज पारस शाहकी छोरीले फैसला निष्पक्ष भएको बताएकी छिन्।

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशमा निकै आलोचना हुँदै आएको थियो।
आज अदालतको सो आदेशपछि पूर्वयुवराज शाहकी छोरी कीर्तिका शाहले सर्वोच्चमात्र निष्पक्ष भएको बताएकी हुन् ।

सामाजिक संजालमा ट्वीटरमा उनले लेखेकी छन्, ‘धन्न सर्बोच्च एउटा अन्तिम आश छ जहा टाउकेहरुबाट टाढा
रहि निस्पक्ष र स्वतन्त्र ठिक र बेठीक को फैसला सुनाइन्छ।’ साभार गरियको खबर

संबन्धित खबर सर्वोच्च अ दालतले नेपाल नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इज
लासले आज सा अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

“यस प्रकारको विषयमा संघीय संसद्बाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउन उपयुक्त हुन्छ, यो नै कानून निर्माणको
नियमित संवैधानिक प्रक्रिया पनि हो”, आदेशमा भनिएको छ, “यसरी सुविधा सन्तुलनको दृष्टिले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिएन ।”

आदेशमा मन्त्रिपरिषद्को सिफारिशबमोजिम यही जेठ ९ गते राष्ट्रपतिबाट जारी अध्यादेश रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नू, न
गराउनू भनिएको छ । यसअघि सर्वोच्च अदालतमा यही जेठ २१ गते सुनुवाइ शुरु गरी ‘हेर्दाहेर्दै’ मा आजका लागि राखिएको थियो । अदालतको आदेशसँगैअध्यादेश कार्यान्वयन रोकिएको छ ।

सो अध्यादेशविरुद्ध स र्वोच्च अदालत मा ६ रि ट निवेदन परेका थिए । सो निवेदन माथिको सुनु वाइपछि अदा लतले अन्तरिम आदेश जारी गरेको हो । आदेशमा
अध्यादेशबाट शक्ति पृ थकीकरणको सिद्धान्त अनुकूल व्यवस्थित संविधानका प्राव धानहरुको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जानेसमेत देखिएको उल्लेख छ । नारायणिपाटीबाट साभार गरियको खबर