Tuesday, January 18
Shadow

३ बजेसम्म मन्त्री हुने थाहा थिएन, त्यसैले प्रिप्लान छैनः नव नियुक्त गृहमन्त्री

२७ जेठ, काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले आफूले कामको विषयमा योजना बनाउन नभ्याएको बताएका छन् ।
बिहीबार पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले अन्तिम समयमा मात्र मन्त्री पद टुंगो लागेकाले योजना बनाउन नभ्याएको बताए ।

‘३ बजेसम्म मन्त्री हुने थाहा थिएन । त्यसैले मसँग प्रिप्लान छैन’ उनले भने ‘तर गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय हो ।
जनतालाई राहत दिन ढिला गर्नु हुँदैन । गृहबटठ हने काममा अब फाइल घुमाउने छुट छैन ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदाजस्तै काम गर्ने बताए । ‘अब त्यही गतिमा जानुपर्छ, कामबाटै
परिणाम ल्याऔं ,काममै जाऔं’ उनले भने ।

मन्त्री अधिकारीले छिमेकी देशको विरुद्धमा नेपालको भूमि प्रयोग हुन नदिने पनि बताए । अनलाइन खबरबाट साभार गरियको

र्को खबर १५ दिनपछि अस्प’तालबाट डिस्चा’र्ज भए गायक दीप श्रेष्ठ, तर को’रोना रिपोर्ट भने पो’जेटिभ

काठमाडौं: गायक दीप श्रेष्ठ अस्प’तालबाट डिस्चा’र्ज भएका छन्। को’रोना सं’क्रमण पुष्टि भएको दुई सातापछि उनको शरीरमा अक्सि’जन लेभल कम भएको थियो।
जस कारण जेठ १२ गते उनलाई ह्याम्स अस्प’ताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालले आज दिउँसो २:५० मा डिस्चार्ज गरेको
‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

‘१५ दिनको बसाई पछि उहाँ आज घर फर्किनु भएको छ। स्वास्थ्यमा सुधार आएर घरमा बस्न मिल्ने भएपछि अ’स्पतालले डिस्चा’र्ज गरेको हो। हिजो
देखि नै उहाँ अक्सि’जनको सहायता बिना नै बसिरहनु भएको छ।’ पौडेलले भने।

उनको स्वा’स्थ्य अवस्थामा सुधार आए पनि को’रोना रिपोर्ट पोजे’टिभ नै देखिएको छ। त्यसैले उनी अब होम आ’इसोले’सनमा नै बस्नेछन्।
‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै उनी निर्णायकको रूपमा रहँदै आएका छन्।