Sunday, November 28
Shadow

चलचित्र रिहर्सलको बहानामा मलाई किस गर्ने खोजियो

मुम्बई । भारतीय अभिनेत्री जरिन खानले चलचित्र अभिनय अगाडि रिहर्सलको बहानामा आफूलाई किस गर्ने कोशिस गरेको खुलासा गरेकी छन् । उनले
हालै दिएको एक अन्तर्वार्तामा कास्टिङ काउचका बारेमा अनुभव सेयर गरेकी हुन् ।

अभिनेत्री जरिनले भनिन्, ‘कास्टिङ काउचबाट रिहर्सलको बहानामा मलाई किस गर्ने कोशिस गरिएको थियो ।’ उनले उक्त व्यक्तिको नाम अहिले नलिने बताउँदै भनिन्,
‘ती व्यक्तिले मलाई भनेका थिए, तपाइँलाई थाहा छ, हामी एक किस सिन गर्दैछौ ।’ जरिनले रिहर्सलको रुपमा केही पनि किसिङ सिन नगर्ने बताएको जिकिर गरिन् ।

सन् २०१० मा बलिउड अभिनेता सलमान खानको चलचित्र ‘वीर’ मार्फत उनी चलचित्र क्षेत्रमा छिरेकी हुन् । सो चलचित्रमा उनी सलमानको अपोजिट भूमिकामा
थिइन् । पछिल्लो समयका बलिउडमा उनको चर्चा निकै हुने गरेको छ ।सौर्य दैनिकमा खबर छ । उनी आफ्नो फिट्नेसका कारण समेत चर्चामा आउने गर्छिन् ।
त्यस्तै, आफ्नो बारेमा खुलेर बोल्ने अभिनेत्रीका रुपमा उनलाई बलिउडमा लिने गरिन्छ ।

उनले ‘वीर’ पछि ‘हेट स्टोरी ३’, ‘हाउस फुल २’, ‘अक्सर २’ र ‘वजाह तुम हो’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छन् । उनी
पछिल्लो पटक चलचित्र ‘हम भि अकेले, तुम भि अकेले’ मा देखिएकी थिइन् ।

यो पनि पढ्नुहोस्:-महामारीको बेलामा बलिउड अभिनेता ऋतिक रोशनले गरे यति ठुलो सहयोगभारतमा कोरोनाको महामारी फैलिरहेको छ । यसबेला धेरैको
रोजगारी खोसीएको छ । कतिपयले राम्रो उपचार नपाएर अकालमै ज्यान गुमाईरहेका छन् । यहि बेला बलिउडका केही सेलिब्रेटीहरुले पनि मन खोलेर सहयोग गरिरहेका छन् ।

यसैक्रममा बलिउडका नायक ऋतिक रोशनले कोरोनाका कारण आर्थिक समस्यामा परेकालाई २० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले बिशेष गरेर सिने
र टिभी आर्टिस्टका लागि यो रकम सहयोग गरेका हुन् । सिने र टिभी आर्टिस्ट एसोसिएसन सिन्टाका सदस्यहरुको लागि उक्त रकम दिएका छन् ।

उनले एसोसिएसनलाई २० लाख रुपैयाँ दिनुका साथै राहतसमेत दिएका छन्। उनले यसअघि पनि सहयोग गरेका थिए । त्यस्तै बलिउडका हस्तिहरु
अमिताभ बच्चन, सोनू सुद, सलमान खान, अजय देवगन, अक्षयकुमार, प्रियंका चोपडा लगायतले पनि सहयोग गरिरहेका छन् ।

साभार नमस्ते न्युज 24