Friday, November 26
Shadow

जेठ २५ गते देखि लगाइँदैछ भेरोसेल खो’प ? कस्ता र कुन उमेर समुहकाले पाउँछन त लगाउन जान्नुस

काठमाडौं । सरकारले जेठ २५ गतेदेखि कोभि’ड-१९ वि’रुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खो’प प्राप्त भएको भेरोसेल
खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खो’प लगाउने तयारी गरेको स्वास्थ्य सेवा
विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जानकारी दिए ।

सोमबार ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै विभागले खोपको उपलब्धता र जिल्लाको लक्षित संख्याको आधारमा तोकिएको
उमेर समूहको माथिल्लो उमेरलाई प्राथमिकतामा राखि योजना बनाएर खोप दिन सकिने जनाएको छ ।

उनका अनुसार यहि अभियानमा यस अघि खोप लगाउन छुट स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, ईन्टर्न, ओ.जे.टी मा रहेका
नर्सिङ्ग र पारा’मेडिक्सहरु (तर प्रत्यक्ष बिरामी जाँच, उपचार र हेरचाहमा संलग्नलाई मात्र) पहिलो मात्रा खोप दिन पाइने छ ।

जारी सूचना अनुसार यसअघि ५५ वर्षमाथि उमेर समुहमा खो’प दिइसकेका हिमाली जिल्लाहरुले सोहि उमेर समुहमा पहिलो मात्रा को
भिडवि’रुद्धको खो’प लगाउन छुट व्यक्तिलाई खोप दिने व्यवस्था गर्न स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ ।

विभागले यसअघि संचालन भएको अभियानमा भेरोसेल पहिलो मात्रा लिई उपत्यका बाहिर गएको कारण वा अन्य कारणले दोसो
मात्रा छुट भएका व्यक्तिहरुलाई खो’प कार्डको अनुगमन गरी दोस्रो मात्रा भेरोसेल खोप दिन पाइने छ ।