Saturday, October 23
Shadow

नेपालीहरुका लागि साउदी अरबले दियो निकै खुशीको खबर ! अब हुने भयो यस्तो, सबैले शेयर गर्नुहाेला ।

साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् । साउदी अबरस्थित नेपाली
दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा अझै कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की
९कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स०बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सबैले शेयर गर्नुहोला ।

सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ । नेपाल सरकारले हाल
नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स र कतार एयरवेजलाई साताको एक÷एक उडान सञ्चालन गर्न अनुमति दिएको छ ।

यस्तै काठमाडौं : साउदी अरबले चिनियाँ खोप लगाएका पाकिस्तानीलाई भिषा दिन अस्वी’कार गरेको छ।

खोप राहदानी नीति अंगिकार गरेको उसले रोजगारी, कारोबार वा हजका लागि साउदी जान चाहेका पाकिस्तानीलाई भिषा नदिएको हो। पाकिस्तानी
सञ्चार माध्यमलाई उधृत गर्दै बीबीसी हिन्दीले तयार गरेको सामग्रीअनुसार पा’किस्तानका गृहमन्त्री शेख रसिद अहमदले आफ्ना नागरिकलाई साउदी प्रवेशका
लागि सहज बनाउनेबारे कुटनीतिक स्तरमा छलफल भइरहेको बताएका छन्। उनले प्रधानमन्त्री इमरान खानले चिनियाँ खोपलाई प्रयोगको अनुमति नदिएका देशहरुसँग कुटनीतिक रुपमा छलफल गरिरहेको बताएका छन्।

साउदी अरबलगायतका केही मध्यपूर्वी एसियाली देशहरुले चिनियाँ खो’पलाई प्रयोगको अनुमति दिएका छैनन्। तर विश्व स्वास्थ्य संगठनले भने
चिनियाँ कम्पनी सिनोफार्म र सिनोभ्याकले उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरबले फाइजर, एस्ट्राजेनेका, मोडर्ना र जोनसन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको
अनुमति दिएको छ।
साउदीले चिनियाँ खोप लगाएकालाई मुलुक प्रवेश गर्न नदिने भएपछि पाकिस्तानले हज गर्न जानेहरुका लागि अन्य कम्पनीको खो’पको व्यवस्था
गर्ने आश्वासन दिएको छ। पाकिस्तानले हजका लागि स्वीकृति पाएकाहरुलाई एक महिनाभित्र फाइजरको खोपको व्यवस्था गर्ने तयारी गरेको हो।