Saturday, November 27
Shadow

नेता होस त यस्तो ! अाफ्नो ८० करोड गरीब नागरिकहरुलाई यस्तो गर्ने भारतिय प्रधानमन्त्री मोदीको घोषणा

२४ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीसम्म मुलुकका ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने
घोषणा गरेका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क
रासनको समयावधि बढाउने घोषणा गरेका हुन् ।

‘सरकार यो महामा’रीमा गरीबको साथमा छ । हाम्रो ८० करोडभन्दा धेरै जनसंख्याले नोभेम्बरसम्म रासन पाउनेछन् । कसैले पनि भोकै सुत्नुपर्दैन’, मोदीले भने ।
यसअघि सन् २०२० को अक्टोबरमा मोदीले महामा’रीमा भारतले १५ खर्ब भारतीय रुपैयाँबराबरको रासन ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क वितरण गरिने घोषणा गरेका थिए ।

यसैबीच मोदीले भारतको खोप अभियानको पनि बचाउ गरेका छन् । उनले जुन २१ बाट भारतको सरकारले १८ देखि ४४ वर्ष उमेर समूहका मानिस
हरुलाई पनि निःशुल्क खोप वितरणको काम सुरु गर्ने बताएका छन् । अहिले नै भारतमा ४५ वर्षमाथिका मानिसहरुले को’रोना खोप लगाइरहेका छन् ।

भारतमा कोरो’ना खोप अभियान निकै सुस्त चलिरहेको भन्दै आलो’चना भइरहेको समयमा मोदीले यस्तो घोषणा गरेका हुन् । उनले सरकारले मुलुकमा कोरो’
नाको महा’मारी फैलिँदा सबै संयन्त्रहरुलाई प्रयोग गरेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रयास गरेको दाबी गरे ।

अहिलेसम्म भारतमा २३ करोड डोजभन्दा धेरै कोरो’ना खो’प मानिसहरुलाई दिइसकेको मोदीले बताए । एक वर्षभित्र भारतले दुई स्वदेशी खोप सार्वजनिक
गरेको र सोही खोपको कारण अहिले भारतले आफ्नो खोप अभियान सञ्चालन गरिरहेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए । मोदीले आगामी दिनमा कोरो’ना
खो’पको आपूर्ति पनि बढ्ने उल्लेख गरे ।

अहिले भारतमा सातओटा कम्पनी विभिन्न किसिमको खो’प बनाइरहेको र बाँकी तीन खोपको अन्तिम चरणको मानव परी’क्षण चलिरहेको मोदीले बताए ।
एजेन्सीहरुको सहयोगमा अनलाइन खबरमा छापियको खबर