Monday, October 25
Shadow

चर्चित बलिउड गायिका नेहा कक्करलाई यो कारणले गर्दा जन्माउन चाहँदैन थिए कक्कर परिवार,

काठमाडौं । नेहा कक्करलाई बलिउडकी चर्चित र कुशल गायिकाको रुपमा चिनिन्छ । अहिलेको समयमा गायका नेहा कक्कडसँग कुनै
चिजको कमी छैन । ३३ वर्षीया गायिका नेहालाई उनकी आमाले जन्म दिन चाहदैन थिइन् ।

टोनी कक्कडको खुलासा गीतकार तथा गायक टोनी कक्कडले केही समय अगाडि मात्रै सुरुवाती दिनमा आफ्नो परिवारको आर्थिक स्थिति निकै
कमजोर रहेको बताएका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण उनका आमा–बुबाले तेस्रो सन्तान होस् भन्ने चाहदैन थिए ।

तर, आठ साता वितिसकेको कारण उनकी आमाले अबोर्शन गर्न सकिनन् र नेहाको जन्म भयो । करियरको सुरुवाती दिनहरुमा नेहा र उनकी दिदी
सोनु कक्कडले जगरातोमा भजन गाउने गर्थे । त्यतिबेला नेहा र सोनु कक्कडले भजन गाएरै पनि राम्रो पैसा कमाउने गर्थे ।

इन्डियन आइडलले दिलायो पहिचान।सिङ्गिङ रियलिटी शो ‘इन्डियन आइडल’पछि गायिका नेहा कक्कडको भाग्य चम्किएको थियो । नेहाले इन्डियन
आइडल जित्न नसकेपनि गायकीको यात्रा सुरु गरिन् । त्यसपछि नेहाले सन् २००८ मा एकल एल्बम ‘नेहा द रकस्टार’ सार्वजनिक गरिन् ।

नेहाको पहिलो हिट गीत।गायिका नेहाको जुन गीत पनि सोसल मिडियामा ट्रेन्डिङमा आउने गरेको छ । फिमेल सिङगर्सको तुलनामा सोसल मिडियामा ने
हाको सबै भन्दा बढी फ्यान फलोइङ रहेका छन् । बलिउडका नेहाको पहिलो हिट गीतको रुपमा ‘सेकेण्ड ह्याण्ड’ मानिन्छ ।

त्यसपछि ‘यारिया’ फिल्मको गीत ‘सनी–सनी’बाट उनले निकै चर्चा पाएकी थिइन् ।रोहनप्रित सिंहसँग गरिन् विहे।गायिका नेहा कक्कडले २४ अक्टोवर
२०२० मा रोहनप्रित सिंहसँग विवाह गरेकी छन् । पछिल्लो समय गायिकाले रोहनप्रित सिंहसँगको तस्वीर सोसल मिडियामा सेयर गर्दै आएकी छन् ।

साभार यहााँबाट गरियको