Monday, November 29
Shadow

एकैदिन यति धेरैले बढयो सुनको मुल्य- प्रति तोला पुग्यो यति

२३ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । गत शुक्रबार एकैदिन १५ सयले घटेको
सुनको भाउ शनिबार विदापछि आइतबार पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन ९३ हजार चार
सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारका लागि तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन तोलाको
९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको
आइतबारको खरिद बिक्री मूल्य १३ सय ५५ रुपैयाँ तोकिएको छ । अनलाइन खबरबाट साभार गरियको खबर

अर्को खबर २३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१
पीसीआर प’रीक्षणबाट ३०२४ र ३२६२ एन्टि’जेन परी’क्षणमा ४५५ जना गरी ३४७९ जनामा सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना सं’क्रमणमु’क्त भएका छन् । त्यस्तै को’रोना सं’क्रमणबाट ९९ जनाको मृ’त्यु भएको छ ।

यस्तै अहिले को’रोना सं’क्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम छ ।

वैशाख पहिलो साता टेकु अस्पता’लको इम’र्जेन्सीमा जुन दरमा सिकिस्त बि’रामी आएको भएपनि जेठको अन्तिम साता त्यही दरमा बिरा’मी भर्ना भएको
शुक्रराज ट्रपिकल तथा सरु’वा रो’ग विशेषज्ञ डा. अनूप बास्तोलाले बताउनुभयो । डा. बास्तोलाका
अनुसार वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घ’ट्दो क्रममा छ ।

को’रोना संक्र’मितहरुको उपचा’रमा अहोरात्र खटिरहनु भएका डा. बास्तोला आफनो अनुभव सुनाउदै भन्नुहुन्छ ‘यो डेढ महिना को’भिडका सिकिस्त ब
रामीको उ’पचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जे’न्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृ’त्यु भयो । हामी
यति निरीह थियौं कि, चाहेर पनि इमर्जेन्सीका सिकि’स्त बिरा’मीलाई भेन्टि’लेटरसम्म लैजानै पाएनौं ।’

सुरुवाती अवस्थामा भन्दा अस्प’तालमा पनि केही सुधार आएको उहाँको भनाई छ । हाल टेकु अस्प’तालमा २४ बेडको आ’ईसीयू बढाएर २८ बेड पुगेको छ ।
को’भिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आई
सीयू बेड र भेन्टि’लेटर भरिएका छन् । यसको अर्थ हो, अस्प’तालको हालको क्षमता बराबर सि’किस्त बिरा’मी उ’पचाररत छन् ।

अहिले इमर्जे’न्सीमा आउने सिकि’स्त बिरा’मीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो’ क्रममा जाने सम्भावना छ । तर, अहिले
काठमाडौैंबाहिर बाट सिकि’स्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ–गाउँमा सि’किस्त बिरा’मी यत्तिकै
बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको डा. अनूप बास्तोला बताउँनुहुन्छ ।

‘दो’स्रो लहरको उत्कर्षमा अस्पता’लमा बेड अभावले बिरा’मी घरैमा सिकि’स्त हुन्जेल बस्नुपर्ने वाध्यताले गर्दा धेरैको ज्या’न ‘गुमायौं,’
उहाँ भन्नुहुन्छ ‘त्यो, महा’मारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरा’मीको उपचा’रमा हामीले कुनै कसर बाँकी राखेनौं ।’

‘काेराे’ना महामा’री भया’वह बन्दै गइरहेकाबेला हाम्राे लागि पनि सुखद समाचार सुन्न पाउनु धेरै ठुलाे कुरा हाे । दोस्रो लहरको एउटा सुखद अनुभव
भनौं,’ डा. अनूप बास्तोलाले भन्नुभयाे ‘खो’प लगाएका मानिस सं’क्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, को’रोनाबाट
बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।’

खो’पको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभि’डका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्ने बताउदै डा. अनूप बास्तोला सुझाव
दिनुहुन्छ कोभि’ड निमो’निया भएको ६–७ दिनमा बिरा’मीलाई निकै गा’ह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्प’ताल नआउँदा बिरामी जो’खिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ ।

बिरामी बेलैमा अ’स्पताल आइपुगे उप’चारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वास्प्रस्वा’समा समस्या भएका बिरा’मीलाई अस्प’ताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरा’मी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।

सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खो’पको व्यवस्था हुन नसके र सुरक्षाका मापद’ण्ड पाल’ना नगरे यो महा’मारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागे धान्न सक्ने धैर्यता सायद नरहन सक्छ !

शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनूप बास्तोलाको टुईटरबाट साभार, साभार इमेज खबर