Tuesday, December 7
Shadow

भाग्य होस त यस्तो ! ओली पक्षमा लाग्दा श्रीमान–श्रीमती नै मन्त्री

प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेको केपी ओली समूहमा लाग्दा शेरबहादुर तामाङको जोडी भाग्यमानी सावित भएको छ । उनकी पत्नी उषाकला राईले गत चैत १३ गते प्रदेश १ को
सामाजिक मन्त्रीमा नियुक्त पाएकी थिइन् । तत्कालीन नेकपा फु टपछि माधव नेपाल खेमामा रहेका नेता दम्पती तामाङ र राई पछि ओली समूहमा गएका
थिए । केही दिन ओली समूहमा बसेर फेरी नेपाल समूहमा फर्किएका उनीहरु पछि फेरी ओली समूहमै फर्किएका थिए ।

गत पुस ९ गते अघि तत्कालीन नेकपाको ओली समूहको बैठकमा सहभागी भएका उनीहरु पुस ९ गते प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा
सहभागी भएका थिए । उषाकला राईले प्रधानमन्त्री के पी ओलीले आफूलाई केन्द्रीय सदस्य बनाएकोमा धन्यवाद दिँदै सो पद
अस्वीकार गर्दै ओली समूहमा आफू नरहेको बताएकी थिइन् ।

तर गत फागुन ८ गते उनीहरु फेरी ओली समूहमै फर्किएका थिए । गुट परिवर्तन गरेसँगै राईले प्रदेश १ को मन्त्री हात पारिन भने तामाङले बैशाख १०
गते एमालेको कार्यालय सचिवको जिम्मेवारी पाए । ओली सरकारको पहिलो मन्त्रीमण्डलमा तामाङले ४ महिना कानून मन्त्रालय चलाएका थिए । वि
वादास्पद अभिव्यक्ति दिएका कारण उनले राजीनामा दिनुपरेको थियो । रातोपाटीबाट साभार गरियको खबर