Friday, November 26
Shadow

सिजि भन्दा पनि सस्तो इन्टरनेट ! केबल २३३ रुपैयाँमै पार्इने भयो एक महिना इन्टरनेट सेवा

काठमाडौं । स्याटेलाइट टेलिभिजन सेवा दिँदै आएको डिशहोमले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा समेत दिन थालेको छ ।
कम्पनीले कम्बो प्याकेजको रुपमा यस्तो सेवा दिन थालेको हो । पुर्ण जानकारीको लागि तल थिच्नुस।

इन्टरनेट सेवाप्रदायकले इन्टरनेटसँगै आईपीटिभी सेवा निःशुल्क गरेपछि त्यसको प्रतिवादमा उत्रिन डिशहोमले यस किसिमको रणनीति लिएको हो ।
कम्बो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबी
पीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार वार्षिक ७२०० रुपैयाँ (मासिक ५०० रुपैयाँ) मा डिशहोम लाइफ स्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ । त्यस्तै
वार्षिक १० हजार रुपैयाँमा (मासिक ८३३ रुपैयाँ) डिशहोमको लाइफ स्टाइल प्याकेजसँगै २५ एमबीपीएस इन्टरनेट लिन सकिने
कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।

कम्पनीले आफ्नो प्रिमियम प्याकेजको मूल्यसमेत मासिक ७०० रुपैयाँबाट ६०० रुपैयाँमा झारेको छ ।
यी प्याकेजहरु भ्याटबाहेक रहेको कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीको इन्टरनेट सेवा हाल काठमाडौंका प्रायः सबै मुख्य भागहरुमा, ललितपुर, भक्तपुर, बनेपा, इटहरी, हेटौंडा र इनरुवामा उपलब्ध छ ।
अब चाँडै नै विराटनगरमा समेत इन्टरनेट सेवा सुरु हुने भन्दै प्रबन्ध निर्देशक आचार्यले क्रमशः देशभर सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए ।
टेचपानाबाट साभार गरियको खबर

‘सिजी इन्टरनेट’सेवा शुरु

काठमाडौँ । सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी
क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ ।

कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण
चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताए । कम्पनीले शुरुआती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपिटिभी
तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा शुरुआती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा
क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ । खरििबोटबाट साभार गरियको खबर