Saturday, October 23
Shadow

खाना पकाउने ग्यासको मुल्य ह्वात्तै घटयो ! अब जम्मा यति मुल्यमा नै पार्इने भयो ग्यास

सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ ।

बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो
कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको
संस्थानहरूले जनाएका छन् ।

खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री
वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति
केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार
१२० रूपैयाँमै पाइने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार
कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर अधिकतम
२० प्रतिशत छुट दिने घोषणा गरेको थियो । रातोपाटिबाट साभर गरियको खबर

यस्तै अर्को खुशीको खबर ः अन्जन र नबयुगको गोल, चाईनिज ताइपेइ २-० ले पराजित ।

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–०
ले पराजित गरेको हो । भिडिियो हेर्नुहोस।

नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत
अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे ।

समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो
चरणमा पुग्ने हो । त्यसका लागि आजको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । समूह बीमा चार खेलबाट १२ अंक बटुल्दै अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

त्यस्तै पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौथो
स्थानमा छ । ६ खेलबाट कुनै अंक बटुल्न नसकेको ताइपेई भने पुछारमा छ । छनोटअन्तर्गत नै गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।
साभार गरियको