Saturday, October 23
Shadow

फिल्म क्षेत्रमा प्रवेश गर्दा ‘यौ’न उ’त्पी’डन भोगेकी थिएँः प्रकृती श्रेष्ठ

चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् प्रकृती श्रेष्ठ । उनले चलचित्र ‘जिन्दगी रक्स र उत्सव’मा काम गरिन् ।
यसपछि, बिहे गरेर अष्ट्रेलिया पुगेकी प्रकृती केही बर्षपछि चलचित्र ‘बिहे पास’बाट कमब्याक गर्दैछिन् । भिडियो हेर्नुहोस ।

उनै, प्रकृतीले सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानको प्रश्नको उत्तर दिने क्रममा आफूले चलचित्र क्षेत्रमा ‘यौ’नउत्पी’डन भोगेको बताएकी छिन् ।
एक फ्यानको प्रश्नमा उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा आफूले यस्तो समस्या भोगेको बताइन् । भिडियो हेर्नुहोस ।

प्रकृतीले यस्तो गलत कुराको बिषयमा बोल्न आफू नडरा’एको पनि बताएकी छिन् । आफू वा अरु कोहीलाई ती व्यक्तिहरुले फेरि यस्तो गलत ह र्कत नगरुन्
भन्ने सोचेर आफू बोल्न नड राएको प्रकृतीको भनाई छ ।

अर्का एक फ्यानले प्रकृतीलाई आमा कहिले बन्नुहुन्छ भनेर पनि सोधेका छन् । जसमा प्रकृतीले आफूलाई सही समय आएको भन्ने लागेपछि यसतर्फ सोच्ने
बताएकी छिन् । उनले, आफूलाई पहिलो बच्चा छोरी र दोश्रो बच्चा छोराको चाहना भएको पनि खुलाएकी छिन् ।

नायिका प्रकृती श्रेष्ठ चलचित्र ‘बिहे पास’को छायांकन सकेर अष्ट्रेलिया फर्किसकेकी छिन् । साभार यहाँबाट गरियको

अर्को खबर
को हुन यी युवक ? जसलाई सलमान खान आफैँले बोलाएर ‘राधे’ मा डेब्यू गराए

एजेन्सी। मे १३ इदको दिन रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाइ’ ले झुर समिक्षा र प्रतिक्रियाहरू पायो ।
रेटिङको हिसाबमा पनि सलमानको चलचित्रले अहिलेसम्मकै कम रेटिङ पाएको चलचित्रको ‘रेकर्ड’ बनायो।

यद्यपि सलमानको तारिफ र प्रशसकले भने चलचित्र हेरेर मज्जा लिए । यस्तै अहिले चलचित्रमा रणदीप हुड्डासँगै उनको दाया हात बनेर सधैँ उनको वरिपरि रहने
एक व्यक्तिको चर्चा चुलिएको छ । बलिष्ठ पाखुरा, ठूलो छाति भएका बडेमानका ती व्यक्ति लोता उर्फ सांगे शेल्ट्रिम हुन् । उनी पूर्व भुटानी सेना अधिकारी र शाही अंगरक्षक हुन्।

अभिनेता सलमान खानसँग डेब्यु गर्ने इच्छा हरेक न्यु कमरको हुन्छ । कतिले कैयौँ प्रयास पछि बल्ल यो मौका पाउछन् भने कतिले अझै पाउँदैनन् । तर
भुटानी नागरिक शेल्ट्रिमलाई ‘राधे’ मा सलमान आफैँले रोल दिएका हुन् । सलमान आफैँले राधे टिमलाई शेल्ट्रिमलाई बोलाउन लगाएका हुन्।

बलिउडका ‘भाइजान’सँग बलिउड इन्डस्ट्रीमा डेब्यु गर्ने मौका पाएकोमा सांगे पनि निकै खुसी र आफूलाई भाग्यमानी ठान्छन् । भलै चलचित्रले राम्रो प्रति
क्रिया
पाएन सांगेलाई त्यसले केही फरक परेको छैन् । त्यसैले उनले राधेलाई ट्रोल गर्नेहरूलाई जवाफ फर्काउँदै भनेको थिए, “एकदिनमा ४.२ मिलियन भ्युजपाइरहेकोमा १–२ लाख ट्रोल केही फरक पर्दैन।”

एक फ्यानको रूपमा सलमानसँगको भेटले जुराएको मौका

सांगेले बलिउडमा यति ठूलो मौका सलमानसँगको एक भेटले जुराएको हो । यसका साथै उनको बलिष्ठ पाखुरा र फिट बडी र फिट्नेसको लगावकै
कारण उनले राधेमा ‘लोता’ खलनायकको भूमिका पाएका हुनभन्दा फरक नपर्ला।

सलमान आफैँपनि ५० कटिसक्दा पनि फिट्नेसमा उत्तिकै लगाव राख्छन् । सांगेको पनि यो प्रतिको लगावले सलमानको रोजाइमा सांगे परेको हुन सक्छ ।
अन्तर्राष्ट्रिय स्तरमा फिटनेस प्रतियोगीतामा आफ्नो देशलाई चिनाउने हुटहुटीले सांगेले सन् २०१३ मा सेनाबाट स्वेच्छिक सेवानिवृत्ति लिएका थिए।

फिटनेस प्रतियोगीताहरूबाट धेरै पुरस्कारहरू जितिसकेपछि उनले आफ्नो गृहनगरमा जिम सुरु गर्ने निर्णय लिए र सँगै अभिनय पनि सुरु गरे । यही क्रममा
उनको कुराकानी बलिउड फिल्म निर्माता हैदर खानसँग भयो । फिल्म निर्माता खानले सांगेलाई ओटीटी फिल्मका लागि मुम्बई बोलाए र सांगे आएपनि।

“एकदिन उहाँ (हैदर)ले मलाई उहाँ सलमान खानको डबंग (दबंग ३) को सेटमा सलमान खानलाई भेट्न जान लागेको र मलाई पनि जान मन भए जाम
भन्नु भयो,” सांगेले विगत सम्झिए ।त्यसपछि जे भयो सांगेले सपनामा पनि कल्पना गरेका थिएनन् ।भुटानका पनि बिगस्टार मानिने सलमानलाई प्रत्यक्ष भेट्दा
उनी त्यसलाई एउटा जादुयी क्षणभन्दा कम सम्झदैनन्।

त्यस्तै ५०० भन्दा बढी मानिसहरू सेटमा बसेर काम गरिररहेको देख्दा सांगे बलिउडप्रति अझै आकर्षित भए ।सलमान नाइट छायाङ्कनमा थिए तर पनि
सलमानले सांगेसँग भेट्न समय निकाले । सांगेकाअनुसार सलमान र उनीबीच करिब एक घण्टा लामो गफ भयो र अझ सलमानले उनलाई डिनरको लागि पनि अफर गरेका थिए।

सांगेकाअनुसार उनीहरूबीच फिटनेसका विषयमा मात्र कुराकानी भयो । “उहाँले मसँग बसेर एक घण्टा भन्दा धेरैबेर गफ गर्नुभयो । उहाँको सिनका
लागि बोलाएपछि मात्रै उहाँ सेटमा जानुभयो । एक अपरिचित व्यक्तिलाई यति धेरै माया र सम्मान दिनु भनेको यो उहाँको उदारता थियो,” सांगेले भने।

छुट्टिने बेला सांगेले एक फ्यानको रूपमा सलमानसँग फोटोका लागि आग्रह गरे र त्यसको केही क्षणमै उनकाअनुसार विहानको ३ बजे नै उनले उक्त
फोटो इन्स्टाग्राममा सेयर गरे । जसपश्चात् उनको भुटानमा चर्चा चल्न थाल्यो र उनको फलोअर्स पनि रातारात बढ्न थाले।