Saturday, November 27
Shadow

काठमाडौं उपत्यकामा थप १० दिनको लागी अायो यस्तो कडा निर्णय

काठमाडौं उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइने भएको छ । बुधबार बसेको उपत्यकाका
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । भिडियो हेर्नुहोस ।

बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा
रोक लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा
रोक लगाउने निर्णय गरेको हो । भिडियो हेर्नुहोस ।

यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको
छ । साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ ।

यस्तै लमजुज्ञ जिल्लामा कोरो’ना स’ङ्क्र’मण फैलिरहेकाले यस स’ङ्क्रमणको रोकथा’म गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषे’धाज्ञा थप गरेको छ ।

कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधा’ज्ञा थप गरेको हो ।
जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा
उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।