Tuesday, January 18
Shadow

दुखद खबरः विवेकशील साझाका नेता उज्वल थापाको निध’न

१८ जेठ, काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बलियो जग बसालेका विवेकशील पार्टीका नेता उज्वल थापाको नि’धन भएको छ ।

नेता थापाको ललितपुरको मेडिसिटी अस्प’तालमा उप’चारको क्रममा मंगलबार निध’न भएको हो । मेडिसिटी अ’स्पतालले उनको निध’नको पुष्टि गरेको छ।

बुढानिलकण्ठका बासिन्दा तथा बुढानिलकण्ठ स्कूलका विद्यार्थी समेत रहेका ४४ वर्षे थापा सपरिवारसहित झण्डै एक महिना पहिले सगरमाथा आधार शिविर
क्षेत्रको यात्रामा गएर फर्किएका थिए। सोही क्रममा को’रोना भाइर’सको सं’क्रमण भएपछि उनलाई सुरुमा ह्याम्स अस्पता’लमा राखेर उ’पचार गरिएको थियो ।

त्यसपछि ग्राण्डी अस्प’ताल हुँदै उनलाई गएको शुक्रबार ललितपुरको मेडिसिटी अस्प’ताल ल्याइएको हो । एकमो थेरापी’बाट मेडिसिटीमा उपचार हुँदै
गर्दा सोमबार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो, तर डाक्टरहरुले स्वा’ अवस्था निकै जटिल रहेको बताएका थिए ।

उनको उपचा’रकै क्रममा मंगलबार दिउँसो ४ बजेर २५ मिनेटमा नि’धन भएको हो। देश सञ्चार बाट साभार

यस्तै अाज कोभि’ड-१९ बाट मृ’त्यु हुनेको संख्या आज घटेको छ। पछिल्लो २४ घण्टामा ६८ जनाको ज्या’न गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
अनुसार देशभर को’रोनाबाट ६८ जनाले ज्या’न गुमाएका हुन्। सोमबार देशभर ११४ जनाको मृ’त्यु भएको थियो। 

त्यस्तै, आज ६ हजार ८६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २० हजार १३५ जनाको स्वाब प’रीक्षण गरिएको छ। 
आज देशभर ७ हजार ९८ जना नि’को भएका छन्। योसँगै नि’को हुनेको संख्या चार लाख ५३ हजार ५४४ पुगेको छ।