Monday, October 25
Shadow

एक किलो चियापत्तीको मुल्य १५ करोड रुपैयाँ, पत्यार लागेन? पढनुस

तपाईं चियाको पारखी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने संसारको सबैभन्दा महंगो चियापत्तीको बारेमा जान्ने चाहना अवश्य छ होला । के तपाईंलाई संसारको सबै
भन्दा महँगो चियापत्ती कुन हो र यसको मूल्य कति पर्छ भन्ने थाहा छ ? वास्तवमा उक्त चियापत्तीको मूल्य तपाइँ हाम्रोे कल्पनाभन्दा बाहिर हुनसक्छ ।

संसारको सबैभन्दा महँगो चियापत्तीको नाम डा होंग पाओ हो । यो चियापत्तीको मूल्य प्रतिकिलो झण्डै १५ करोड रुपैयाँ पर्छ । चीनको फुजियान प्रान्तको
उइसन इलाकामामा यो चियाको खेती गरिन्छ ।

स्वास्थ्यका लागि निकै लाभदायक भएकै हुनाले यो चियापत्ती यतिधेरै महँगो भएको बताइन्छ । साथै यो चियापत्तीलाई निकै दुर्लभ पनि मानिन्छ । यो चियाको
खेती निकै कठिन तथा परिश्रममूलक हुने र उत्पादन पनि कम हुने हुनाले यसको मू’ल्य अत्यधिक भएको हो ।

डा. होंग पाओ चियाको इतिहासलाई हेर्दा चीनमा मिंग वंशीय शा’सनकालबाट यो चियाको खेती सुरु भएको मानिन्छ । उक्त समयमा मिंग वंशकी महारानी
अचानक बिरा’मी परिन् । उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै जाँदा बाँच्ने सम्भावना पनि कम हुँदै गएको थियो । किनकि
उनलाई कुनैपनि औषधिले काम गर्न छाडेको थियो ।

त्यसपछि उनलाई राज्यका वैद्यहरुले डा होंग पाओ चिया पिउन सल्लाह दिए । अनौंठो त के भने उक्त चिया नियमित रुपमा पिउन थालेको केही दिनमै उनलाई
निको भयो । रानी निको भएसँग राजाले उक्त चियाको खेती गर्नका लागि आदेश जारी गरे । उनै राजाको नामबाट यो चियापत्तीको नाम रहन गएको बताइन्छ ।

अनलार्इनबाट साभार गरियको

यस्तै अर्को खबर इलाम । चिया किसान र उद्योगीबाट चियाको (क्लोन) प्रजाति विकासको अनुसन्धान माग भएपछि सरकारले नेपाली चियाको आफ्नै
जात विकासको तयारी गरेको छ ।

अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्व बजारमा नेपाली ब्रान्डको चिया चिनाउन आफ्नै जातको विकास गर्न माग हुँदै आएको थियो ।
नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो । चियाको तग्दा
जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ ।

लामो अनुसन्धानपछि मात्र नेपाली चियामा नयाँ प्रजाति विकास गर्न सकिने भएकाले चिया तथा कफि विकास बोर्ड क्लोन विकासको तयारी गरको हो । चियासँगै
कफिको पनि नेपाली क्लोनको विकास गर्ने गरि भारतका २ वटा विश्वविद्यालयसँग समन्वय भइरहेको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डा
विष्णु भट्टराईले बताउनुभयो ।

चिया तथा कफि विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्मा बजेटको व्यवस्था गरि आगामि आर्थिक वर्षबाट चियाको नेपाली जातको
विकास गर्ने काम शुरु हुनेछ । क्लोन विकासका गर्ने स्थानको बोर्डले छनौट गरि नार्कका वैज्ञानीकबाट अध्ययनको काम हुनेछ ।
बिक्रम सम्बत १९२० सालमा चिया रोपण गरिएपनि नेपाली जातकै चियाका बिरुवाको विकास भएको छैन ।

तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले चीनबाट उपाहार पाएको चियाको बिऊबाट रोपिएको इलाम र सोक्तिम चिया बगानका बिरुवा छनोट गरी क्लोन
विकास गर्ने तयारी छ । बिदेशी जातको चियाका बिरुवाले झाँगिएको नेपाली चिया बगानको विस्तार अन्त्य गर्न नेपाली जातकै बिरुवाको उत्पादनको योजना
बनाइएको हो । नेपाली जातको चियाका बिरुवा विकास गर्न कम्तिमा ७ वर्ष लाग्नेछ । क्लोन विकासका लागि चिया तथा कफि विकास
बोर्डको बजेटबाट प्रारम्भिक अध्ययनको काम इलाममा २०६५ बाट हुँदै आएको छ ।