Wednesday, December 1
Shadow

फेरी ज्योतिषीको चर्चा, फेरी प्रधानमन्त्री बन्नेमा कांग्रेस सभापति देउवा ढुक्क !

कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छस्’ भनिदिएको विषय अहिले पार्टीभित्र फेरि चर्चामा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

शुक्रबारको केन्द्रीय कार्य समिति बैठकमा नेता ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधि सभा पुन:स्थापना भए पनि कांग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधान मन्त्रीको लाइनमा को–को हुनुहुन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए । कार्कीले त्यसो भन्दा देउवा मक्ख मात्रै थिएनन्, उनले बोलेर सकिना साथ कार्कीको भनाइको जवाफ पनि दिइहाले ।

‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ,’ देउवाको प्रतिक्रिया उद्धृत गर्दै केन्द्रीय कार्य समितिका एक सदस्यले भने, ‘हाम्रा सभापति जीलाई प्रधानमन्त्री बन्न कति आशक्ति छ भन्ने कुरा शुक्रबारकै बैठकमा पनि देखाउ नुभयो । ज्योतिषीले भनेजस्तै परिस्थिति पनि उहाँकै वरिपरि आइरहेको छ ।’

सत्ताका लागि जस्तो पनि जो खिम मोल्न सक्ने छवि बनाएका देउवाले प्रतिनिधि सभा वि घटनको घटनालाई पनि आफ्नो लाभ हानिसँग तुलना गर्न थालेको भनेर यतिबेला पार्टीभित्र चर्को आलोचना भइरहेको छ तर जति नै आलोचना भए पनि उनी आफूले लिएको अडानबाट हल्लिएका छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सहित इतरपक्षीय अधिकांश नेताले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघ टन गर्ने कदमलाई असं वैधानिक भनेर मात्रै नहुने, पुन:स्थापनाको माग राखेर जनतामाझ जानुपर्ने अडान राखिरहेका छन् । पार्टीले पनि
तर देउवा प्रतिनिधिस भा विघट नलाई असंवै धानिक भन्ने तर पुन: स्थापनाको मुद्दा नउठाउनेमा दृढ देखिन्छन् ।

उनले शनिबार जारी गरेको विज्ञप्तिमा पनि प्रतिनिधिसभा पुन:स्थापनको विषय कतै उल्लेख गरेका छैनन् । प्रति निधिसभा विघ टनको असं वैधानिक कदम विरुद्ध वि रोध प्रदर्शन गर्न लागेको बताएका छन् तर असं वैधानिक कदम कुन माध्यमबाट सच्चिने हो भन्नेबारेमा उनी मौन छन् ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाको विज्ञप्तिलाई काउन्टर दिँदै असंवैधानिक कदम सच्याउनकै लागि कांग्रेसले प्रदर्शन गर्न लागेको भन्दै देशभरका पार्टी पंक्ति र आमनागरिकलाई सहभागी हुन आग्रह गरेका छन् ।

बिगुल न्युजबाट साभार