Sunday, October 24
Shadow

को’रोना अस्पतालको आईसीयूमा पानी चुहियो, नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्दै

बुटवल । लुम्बिनी प्रादेशिक अस्प’ताल बुटवलले रामनगर स्थित धागो कारखानामा स्थापना गरिएको को’रोना विशेष अस्थायी अस्प’तालमा पानी
चुहिन थालेको छ । तीन दिनदेखिको झरीका कारण आ’ईसीयू कक्षमा पानी चुहिए को हो । भिडियो हेर्नुस।

आईसी’यू कक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन् । पुराना भवनमा तयार गरिएको आइ
सीयूकक्षमा गत वर्ष पनि पानी चुहिएको थियो ।

एक नर्सका अनुसार यसपटक पानी धेरै चुहिए’को र आई’सीयूनै जलमग्न भएको छ । उहाँले भन्नुभयो, ‘पानी चुहिएपछि बाल्टीले उठाउँदै फाल्दै ब
सेका छौं । गत वर्ष पनि पानी पर्दा मर्मत गर्न भनिए पनि मर्मत नभएकाले बिरामीले समेत दुःख पाए । अहिले पनि उस्तै छ ।’ भिडियो हेर्नुस।

त्यहाँ अहिले १३ जना बिरा’मीले उप’चार सेवा लि‍इरहेका छन् । को’रोना विशेष अस्पताल’का फोकल पर्सन डा. नन्दु पाठकले पुरानो भवन भएका कारण
पानी चुहिएको बताउनुभयो । भवन केही ठूलो भएका कारण बेड सारेर भए पनि अहिले काम चलाइएको उहाँको भनाइ छ । उहाँले पानी पर्न रोकिना
साथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मत गरिने बताउनुभयो । Imagekhabar बाट साभार

यस्तै अर्को खबर नेपालमा कोरो’नाका कारण पछिल्लो २४ घण्टामा ९६ जनाको मृ’ त्यु पुष्टि भएको छ । योसँगै देशमा को’रोनाका कारण मृ
‘त्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना सं’क्रमित थपिएका छन् । २० हजार ११० स्वाब नमुना परीक्षण गरिएकोमा ६ हजार ९५१ को
नतिजा पोजिटि’भ आएको हो । १९ हजार ३१३ नमुनाको पीसी’आर परी’क्षण गर्दा ६ हजार ८५५ र ७९९ नमुनाको ए न्टिजेन विधिबाट प रीक्षण
गर्दा ९६ जनामा संक्र’मण देखिएको हो । योसँगै नेपालमा कुल सं’ क्रमितको संख्या पाँच लाख ४९ हजार ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर नौ हजार ८४१ जना नि’को भएका छन् । योसँगै नेपालमा को’रोनामु’क्त हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ ।
हाल देशभर सक्रिय सं’क्रमितको संख्या एक लाख १३ हजार ३९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।