Tuesday, December 7
Shadow

डिभी, पिआर सँग आफ्ना कलिला छोरीको सौदा बाजी किन ? पुरा पढनुहोस

निर्मल घिमिरेको सेतोपाटिमा लेखियको रिपोर्ट

उमेरले भर्खरै १८ टेकेकी गरिमा (नाम परिवर्तन), १२ कक्षामा गाउँकै क्याम्पसमा अध्ययनरत थिइन्। शील-स्वभाव अनि रुपले धपक्कै बलेकी थिई।
उनको बान्की परेको बाटुलो अनुहार, सलक्क परेका हात गोडा, सिल्की कपाल, टम्म मिलेका जीउडाल, मृगनयनी आँखा, मसिनो मृदुभाषी बोली,
अत्यन्तै संस्कारी चरित्र र पढाइमा तिक्ष्ण दिमाग उनको चारित्रिक विशेषता।

ग्रामीण मध्यम वर्गीय परिवारबाट प्रतिनिधित्व गर्ने उनी परिवारकी कान्छी छोरी हुन्। उनको दुई जना दिदीहरु गाउँकै क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन्।
जेठी र माइँली पनि औसत राम्री नै छन् यद्यपि दुई दिदीहरुभन्दा रुपमा बिछट्टै राम्री गरिमा, परिवारमा मात्र नभएर आफ्नो साथीसंगीहरुमा पनि सबैभन्दा बढी नै राम्री थिइन्।

१२ कक्षाको अन्तिम परीक्षा आउनलाई तीन महिना जति बाँकी हुँदो हो, उनका एकजना आफन्त उनको घरमा एक पुरुषको
तस्बिर बोकेर कन्यार्थको लागि कुरा गर्न आउँछन्।

केटो सहरमा घर परिवार भएको कुल-घराना, खानदानी वर्गको मान्छे। विगत १५/१६ वर्षदेखि अमेरिकामा बसोबास गर्ने, पिआर पाइसकेको
हुनेखाने सम्पन्न भनेको सुन्ना साथ गरिमाको परिवारले नकार्ने कुरै भएन।

लमीले धारा प्रवाह रुपमा कहेअनुसार उनकी आमाले सो फोटो उसकी जेठी दिदीलाई देखाइदिइन्। र धर्मकर्मको फल हो भन्दै आफ्नी छोरीको
अहोभाग्यको कारण यस्तो केटाको प्रस्ताव आएकोले खुसी हुँदै छोरीलाई मनाइन्।

जेठी दिदीले पनि अमेरिकाकै पिआरवाला माग्न आउँदा कम्परमाइज नगर्ने कुरै थिएन। ‘हुन्छ’ भनिन् र अमेरिका जाने स्वकल्पनामा डुबुल्की
खेल्न थालिन्। बहिनीहरुले जिस्काउन थाले।

उनी लजाएर ‘मोरीहरु अहिले कुटाइ खाउलाऊ नि’ भन्दै सर्माइन्। कुरा लगभग फिक्स भएपछि लमिले केटा र उसका परिवार सहित अर्को
हप्ता टीकाटालो गर्न आउने निर्क्यौल निकाली मिति निर्धारण गरी बिदा भयो।

उनकी दिदीलाई त्यो एक हप्ता कटाउन पनि एक साल झैँ लाग्न थाल्यो। छिमेकी आफन्त, नातागोता, साथीसंगीहरुबाट बधाइको भेल नै बग्न थाल्यो।

साह्रै खुसी थिइन् उनी। गाउँले महिलाहरुले आपसमा साउती गर्न थाले- ‘भाग्यमा त लिएर आएकी रहिछिन् नि हाम्री पोखरेल्नी ठुलीले,
अमेरिकाको पिआरवाला माग्न आयो गाठे’ आदि इत्यादि।

हप्ता दिन बित्यो, मोटर रिजर्भ गरेर दुलाह पक्षबाट कन्यार्थका लागि लगभग १० जना जति मानिसहरु आए।
झ्यालबाट तीन दिदी बहिनीले चिहाउँदै हेरे।

तर फोटोमा जस्तो राम्रो कारको ढोकामा उभिएर बसेको, राम्रो चमकदार मान्छे त्यो ग्रुपमा ठम्याउनै सकिरहेका थिएनन्।
कुराकानी चल्दै गर्दा पाहुनाहरुलाई चिया खाजा ल्याउन बुवाले आमालाई भने।

त्यतिकैमा आमाले छोरीलाई चिया खाजा ल्याउन र सिकाएअनुसार खाजा राखिसकेपछि थोरै लजाउँदै व्यवहार गर्न भित्र गएर
अह्राइन। सोही अनुसार छोरीले पनि चिया-खाजा लिएर आइन् भने उसकी माइली बहिनी र गरिमा दिदीको पछि-पछि साथी आए।

तर फोटोमा देखेको भन्दा सो केटा बिल्कुल फरक थियो। फोटो १० वर्ष अघिको डिएसएलआर क्यामेराले खिचिएको हुँदो हो सायद।
फोटो त्यति राम्रो आएको तर हकिकतमा अहिले हेर्दा त जुँगामुठे, कपाल खुइलि’एर झरिसकेको, छिचरा परेको लामो-लामो दाँत, रुप पनि चित्त नबुझ्दो।

नाके बोली, ख्या’उटे अनु’हार, हिँड्दा एउटा खुट्टा खो’ल्च्याएर हिँड्ने गरेको केटोको विशेषता एकापट्टि शाश्वत सत्य अगाडि देखिन्थे भने
अर्का तिर अमेरिकाको पिआर, एक प्रतिष्ठित कम्पनीमा काम गर्ने रहेछ।

पिआर पाएको पनि पाँच साल भइसकेको। मासिक कमाइ न्यूनतम पनि पाँच लाख जति हुने, गाडी-घोडा अनि अपार्टमेन्ट समेत किनिसकेको
जानकारी केटा पक्षले बताए।

यो सब देख्दा, बुझ्दा उसको रुप र अवस्थालाई भन्दा पनि पिआरको कागजले जित्यो र सबै कम्पर’माइज गर्दै अभिभावकले कुरा अगाडि बढाउँदै
अघि सर्दै चिना टिप्पन मिलाउनलाई गुरुबालाई आग्रह गरे।

गुरुले सोधखोज गर्दा केटाको उमेर गरिमाको बुवाभन्दा ठ्याक्कै १ वर्ष मात्र कम यानिकी ४१ वर्षको रहेछ। त्यो थाह पाउन साथ गरिमाको परिवारका
सबैले मन खि’न्न बनाए।भित्र गएर आमासँग छोरीले आनाकानी गर्दै बेखु’स प्रकट गरिन्। भविष्यको लोभ र अमेरिकाको पिआरलाई हाइ’लाइट गर्दै
दुष्प्र’भावको पारिवारिक प्रे’सरलेगर्दा बडो मु’स्किलले राजी भइन्।

परिवारका सबैले चित्त नबुझ्दा-नबुझ्दै पनि पिआर सम्झेर मन बुझाए।

बाहिरपट्टि खाजा खाँदै बसेको अर्धबैँसे’ केटोलाई जेठीभन्दा पनि कान्छीमा आँखा गएछ। उसले बुवालाई खुसुक्क भन्यो- ‘त्यो राम्रीसँग चाहिँ कुरा गर्नु न
बुवा, खाजा ल्याउने केटीभन्दा सुन्दर त पछि-पछि आउने रहिछे के।’केटाको बुवाले लमीलाई सोही राम्री मिलाइदिन साउती गर्‍यो।

लमीले पनि गरिमाको बुवालाई भन्यो ‘कान्छी भए हुन्छ अरे नत्र त जेठी त मन परेन रे हाम्रो दिनेश बाबुलाई।’यो सुन्ना साथ सबैजना अचम्ममा परे।
भित्र बल्ल-बल्ल तयार भएकी जेठी छोरीलाई सबै सुनाएर ‘गरिमा भए मात्र ओके रे नत्र बिहे नगर्ने भनेर कुरा आयो’ सुनाए।

जेठीले मन असाध्यै कु’ड्याएर भक्का’निन् र बहिनीको लागि आफूले छोड्ने बताइन्।’गर्दिनँ म त्यस्तो बुढो अनि तालु खुइलेसँग बिहे,
मेरो बेहे गर्ने बेला पनि भएको छैन’ भनेर अड्डी क’स्छिन् गरिमा।

बुवा-आमाले सम्झाउँदै भन्छन्- ‘हेर नानी, पैसा भएपछि कपाल हाल्न मिलिहल्छ नि, दाँत पनि सिधा बनाउन मिल्छ रे। चि’न्ता नगर नानी, तेरै भविष्यको
लागि हो हामीले भनेको।यस्ता गाउँघरमा घास दाउरा गरेर बस्ने कि विश्वकै सबैभन्दा राम्रो देश अमेरिका गएर रानी भएर बस्छस्! एकछिन कल्पना गर त
अमेरिकाको लाइफ स्टाइल र त्यहाँको रमाइलो!

यतिका कुल घरानको केटालाई नाइँ भन्छस् भने हामीलाई बाउ-आमा नभन्नू अबदेखि’ भनेर इमोसनल्ली दबा’ब दिन थाल्छन्।एकैछिन अघि जेठीलाई मनाएका
बाउआमाले अर्की छोरीलाई मनाउन बाध्य हुन्छन केवल पिआरको प्रभावले। सबै जना धेरै रोए भित्र गएर तर पिआरको अगाडि त्यसले पनि हार खायो र १८
वर्ष टेक्दै गरेकी अङ्गुर जस्ती छोरी पिआर भएकै भरमा त्यस्तो लङ्गुर जस्तोलाई दिन तयार भए परिवार।

उनीहरुको बिहे हुन्छ, सँगै अमेरिका जान्छन्। पढाइ, उमेर अनुसारको रहर, चाहना, इच्छा सबैलाई तिलान्जली दिएर आफ्नोभन्दा डब्बल बढीको जुँगा
मुठे श्रीमानलाई आफ्नो तन मन सुम्पिएर परदेशी गृहस्थी जीवन बिताउँदै छिन् गरिमा।

पुगेको केही महिना त चित्तै नबुझ्ने रुप रंगको श्रीमान्। उनका उदा’सिनता (फ्रस्टे’शन) सुरु हुन्छ। खान पनि मन नलाग्ने, दिग्दा’री लाग्ने, आफ्नै पति हेर्दा पनि
दिक्कै लाग्ने खालको मनोदशा श्रृजना हुन्छ।कतै सँगै हिँड्दा युगल जोडी कसैले नभन्ने, बाउ-छोरी झैँ देखिने जोइ-पोइको जोडी देख्दा उनी आफैलाई लाज
लाग्ने हुँदा खासै बाहिर निस्किन्न। तर जीवन एक केवल सम्झौता नै रहेछ भनेर बाहिरी चित्त बुझाइ आफूले आफैलाई सम्हाल्ने कोसिस गर्छिन्।

विस्तारै अवस्था सामान्य हुँदै जान्छ र खुसी देखिन गरिमा कहिलेकाहीँ समुन्द्र तिर, चिल्ला सडकमा राम्रो कार कुदाउँदै, राम्रा-राम्रा फूलबारीमा,
झिलिमिली बत्तीमा, डिस्कोथेगमा नृत्य गर्दै गरेको फोटो सामाजिक सन्जालमा पोस्ट गर्छिन्।

नेपालमा हुने उसका साथीसंगी, छिमेकी नातागोता, परिवारका सदस्यहरुले ‘कति लक्की पोखरेल्नी कान्छी’ भनेर इ’र्ष्या गरिरहेका छन्। झिलिमिली
बिजुली सहरले सबै उज्यालो छ अमेरिकामा तर उनको मन केवल सम्झौतामा अडिएको छ ‘पिआर’ को कागजमा।

के छ का’नुनी व्यवस्था?

केही मसिनो लाइनमा नेपालमा अनमेल विवाह समबन्धी कानुनी प्राव’धान हुँदै नभएको होइन तर सोमा धेरै छेदहरु छन्।’विवाह गर्न कानुन त योग्य महिलाले
आफूखुसी विवाह गर्न योग्य पुरुषसँग विवाह गर्दा सोलाई अनमेल मानिने छैन’ भन्ने कुरा विवाह दर्ता ऐन २०२८ को कानुनको किताबमा उल्लेख छ।

तर माथि उल्लेख भएको गरिमाको कथामा दुवै जना बालिग नै हुन् तर अवस्था र परिवेश फरक छ। हो, यस्तो कुरामा कानुन मौन छ। बेचबि खान बिरु
द्धको कानुनमा पनि यस्ता प्रभावले दिने प्रे’सरलाई उल्लेख गर्न सकेको देखिँदैन।

हाम्रो विद्यमान मानव बेचबिखन तथा ओसा’रपसार (नियन्त्रण) ऐन, २०६४ ले केवल देहायको कुनै कार्य गरेमा मानव बेचबिखन गरेको ठहर्छः

क) कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने,
ख) कुनै प्रकारको फाइदा लिई वा नलिई वे’श्यावृत्तिमा लगाउने,
ग) प्रचलित कानुन बमो’जिम बाहेक मानिसको अंग झिक्ने,
घ) वे श्यागमन गर्ने।

उल्लेखित ‘क’देखि ‘घ’सम्मका बुँदा हेर्ने हो भने यी र यस्ता उल्लेखित गरिमाको जस्तो प्रतिनिधि केसमा व्यवहारगत त्रुटी कुराहरुलाई कानुनको बुँदा भित्र समेटिएको पाइँदैन।

तर त्यस्ता आधुनिक सम’स्याहरु अहिले हाम्रो देशको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मध्यम वर्गीय विशेष गरी आर्यन समाजमा बढ्दो क्रममा छ।
महिला अधिका’रको क्षेत्रमा काम गर्ने संघ-संस्थाहरु र अभियानताहरुले यी र यस्ता इमोसनल्ली कुराहरुमा बहस र चर्चा गरिनु पर्ने टड्कारो
आवश्यकता भइसकेको छ।

यतिका मनो’वैज्ञानिक तनाव र भित्र मन बेखुश हुँदासम्म पनि सबैले ‘वाही वाही’ र जसरी ‘सौभाग्यवती’ भनेर चित्रित गरिँदै गरेको मानसि’कतालाई
पनि सचेतना जगाइ चिर्नु जरुरी छ।यस्ता बि’संगती र प्रभावको प्रेसरलाई महिला बेचबिखनकै एक फरक पाटो हो भन्दा अत्युक्ती नहोला।

कानुनले निर्धारण गरेको सीमा पूरा भएकै भोलिपल्ट नै इमोसनल्ली ब्ल्याकमेल गरी प्रभावमा परेर वा पारिएर यदि कसैले आफ्नो कलिला
नानीहरु सुम्पन्छन् भने सोलाई पनि बेचबिखनको परिभाषा भित्र समेटिनु जरुरी छ।

साभार यहाँबाट गरियको