Tuesday, October 26
Shadow

जब सुहाना खानलाई एक लाख तलब भएको युवकले बिबाहको प्रस्ताब गरे…

शाहरुख खानको प्यारी सुहाना खानको जन्मदिनले जतासुकै बाट शुभकामाना आइरहेको थियो, मानिसहरू उनको सुन्दरतामा मोहित नै छन यस स्टार
किडको कमेन्ट बक्समा धमाधम कमेन्टहरु आइरहेको थियो, प्रयोगकर्ताहरूले प्रशंसनीय टिप्पणीहरू गरिरहेका थिए।

यद्यपि त्यहाँ एउटा टिप्पणी पनि आएको थियो जुन अरु भन्दा भिन्नै थियो । जुन एक युवकले सुहानाको माता गौरीलाई सुहाना र उनको बिहे गरिदिन
आग्रह गरेको थियो

वास्तवमा, गौरी खानले आफ्नी छोरीको सुन्दर तस्विर सेयर गर्दै उनको जन्मदिनको शुभकामना गरेकी थिइन । यसमा, एक प्रयोगकर्ताले कमेन्ट गर्दै गौरी
सङ्ग सुहानको हात मागेको देख्न सकिन्छ । उक्त व्यक्तिले गौरीलाई ट्याग गरे र लेखे, ‘गौरी म्याम सुहानासँग मेरो विवाह गरिदिनु मेरो मासिक तलब १ लाख रूपैयाँ हो। ‘

यद्यपि यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने जसले लाखौं रुपैयाँको तलब पाउँदै छ उसलाई थाहा पनि छैन कि शाहरुखले आफ्नो छोरीको पोशाकमा
लाखौं रूपैयाँ खर्च गर्ने गर्छन ।

पार्टीको बखत सुहानाले स्टनिङ्ग पोशाक लगाएकि थिइन, करिब 2 लाख ११ हजार बढिको थियो ।
एजेन्सिको सहयोगमा हिमालयन अनलाइनमा छापियको खबर

अर्को खबर काठमाडौं, निर्माता करण जोहरपछि अभिनेता शाहरुख खानको फिल्मबाट पनि अभिनेता कार्तिक आर्यन बाहिरिएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी रेड
चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’ बाट कार्तिक निकालिएका हुन् । यो फिल्ममा उनी अभिनेत्री कटरीना कैफसँग देखिने तयारीमा थिए ।

फिल्म साइन गरेपछि उनले स्क्रिप्ट बदल्न निर्माण टिमलाई दबाब दिएका थिए । तर, फिल्मको स्क्रिप्ट परिवर्तन गर्न शाहरुख तयार भएनन् । बरु, उनले
कार्तिकलाई नै फिल्मबाट हटाउने निर्णय गरे ।

कार्तिकले ‘फ्रेडी’ का लागि बुझेको २ करोड रुपैयाँ साइनिङ एमाउन्ट रेड चिलीजलाई फिर्ता गरिसकेका छन् । अब रेड चिलीज कटरीनाको अपोजिटमा एक
नयाँ कलाकारको खोजीमा जुटेको छ । कार्तिकले धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ २० दिनको छायांकनपछि छाडेका थिए । पारिश्रमिक बढाउन र
स्क्रिप्ट परिवर्तन गर्न दबा ब दिएपछि उनी फिल्मबाट निकालिएको चर्चा छ ।