Sunday, November 28
Shadow

५० प्रतिशत घर भाडा मिनाहा ! भाडा नदिएको भन्दै किचकिच गरे कारबाही ! पुरा पढनुहोस

घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै म हामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय,
उद्योग, कलकार खानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु
सं’कटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन्।

असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने
व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।

साथै उनले अहिलको को’रोना सं’कटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग
गरेका छन् ।साथै घरबहाल सरोकार महासंघले को रोना सं’कटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै आपत्ति समेतजनाएको छ ।

महासंघले विप तको बेला गलत व्य’वहार गर्ने घरबेटीलाई का’रवाही गर्न सरकारसँग माग पनि गरेको छ ।विज्ञप्तिमा महासंघका अध्यक्षले खनालले
भनेका छन्–‘बहाल नदिएको निहुँ झिकी घरबाट निकाल्ने, ज’व’र’ज’स्ती बहाल बुझाउन बा’ध्य पार्ने, बहाल बृद्धि गर्ने, सुविधा बन्द गर्ने,

पेश्की रकम माग गर्ने, ज’ब’र’ज’स्त बन्द गर्न बा’ध्य पार्ने जस्ता विवे’कहीन र मानवीय सं’वेदनहीनतको कार्यहरु सिमित घरधनीबाट भएकोले सो
प्रति महासंघको ग’म्भिर ध्यानाकर्षण भएको छ ।’साथै राष्ट्रिय घरजग्गा बहाल क्षेत्र संरक्षण कानुन बनाउन, वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सरकारसँग
माग गरिएको छ । सिधा कुराबाट साभार गरियको खबर

अर्को खबर

भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ ।
को’रोना कहर’को समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहा’राहरुलाई खाना बनाएर खुवाउन तल्लिन छिन् ।

चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आएकी उनी काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषे’धाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने
गर्थिन् । उनले भनिन्, “आजभन्दा २१ दिनअघि चाउचाउ बिस्कुटबाट शुरु गरेको खाना खुवाउने अभियान अहिले आएर निःशुल्क खाना सेवा अभियानमा पुगेको
छ ।” मानिस रो’गलेभन्दा भोकले मर्ने देखेपछि उनी आफ्नो जागिरबाट राजी’नामा दिएर मानव सेवामा लागेकी हुन् । जागिरबाट राम्रो कमाइ भएको भए पनि
उनले त्योभन्दा भोकालाई खाना खुवाउँदा आफूलाई सन्तुष्टि मिलेको बताइन् ।

उनले भनिन्, “शुरुमा चाउचाउ बिस्कुट बाढेँ । पछि माधव हमालसँग सल्लाह गरेर खाना बनाएर भोका मान्छे खोज्दै खाना खुवाउन थाल्यौँ ।” शुरुमा सडक
छेउमा खाना बनाएर प्याकिङ गरेर रिक्सामा राखी खाना खान नपाएका मान्छेहरु खोज्दै हिडेको उनले सम्झिइन् । रिक्सामा राखेर खाना बाँड्न जाँदा समस्या
भएपछि शुरुआतमा नारायणी नदी किनारमा खाना बनाएर खुवाउन थाले पनि पछि त्यहाँ छाडेर केन्द्रीय बस ट्रमिनल हाकिमचोकमा
आएर खाना बनाउने र खुवाउने काम गरिएको उनले जानकारी दिइन् ।

खाना बनाएर हाकिमचोकमा ६५ जना र कमलनगर, नगरवन रोड, पुलचोक, लीलाचोक, बेलटाँडी र पोखरा बसपार्कसम्म खाना पुर्याउँदै भोकालाई खाना
काम गरिएको हमालले बताए । अहिले एक छाकमा १२० जनालाई खाना खुवाउन थालिएको उनले जानकारी दिए । बिहान १० बजे र साँझ ६ः३० बजे
बेवा’रिसेहरुलाई खाना खुवाउने गरिएको छ । खाना बनाउने कार्यमा दैनिक आठ जना बिहान ६ बजेदेखि राति अबेरसम्म खट्ने गरेका छन् ।

बेस’हारालाई खाना बनाएर खुवाउने गरेको थाहा पाएपछि घरधनीले कोठा छाड्न आग्रह गरेको पवित्राले दुखे’सो पोखिन् । उनले भनिन्, “बेसहा’रालाई खाना
खुवाउन हिँड्न थालेपछि घरबेटीले कोठा छोड्न भन्नुभयो । अहिले कोठा नछाडे पनि दिदीको घर थानिचोकमा बस्दै आएकी छु ।” अहिले निःशुल्क खाना
सेवा अभियानमा भरतपुरका विभिन्न सङ्घ संस्था जोडिएकाले केही सहज भएको उनले जानकारी दिइन् ।

यस अभियानमा अहिले रिकभरी नेपाल वाग्मती प्रदेश, द युनाइटेड चितवन, न्यू वे फाउण्डेसन, युवा समाज भरतपुर, सन्देश फाउण्डेसन, निर्णय नेपाल
काठमाडौँ र विश्व हिन्दू युवा सङ्घले सहयोग गर्दै आएका छन् । पछिल्लो सात दिनदेखि यी संस्था अभियानमा जोडिएसँगै स्मार्ट टिम चितवनको नाममा सेवा
दिँदै आइएको अभियानका संयोजक दिवाकरराज श्रेष्ठले जनाकारी दिए । ती संस्था जुटेसँगै कोठा भाडामा लिएर बस्ने र दैनिक ज्याला मजदुरी
गर्नेहरुलाई समेत खाद्यान्न वितरण गर्न थालिएको छ ।

खाना खान आएकी ४० वर्षीया विष्णुमाया शर्मा अहिले काम नपाएपछि यहाँ आएर खाना खाने गरेको बताउँछिन् । पहिला इँटा लोड र अनलोड गर्ने काम
गर्दै जीविकोपार्जन गर्ने गरेको भए पनि को’रोना क’हरका कारण जीवन चलाउन मुस्किल पर्ने गरेको उनको भनाइ छ । अहिले काम नभएपछि भाडा तिर्न
नसकेर सडक पेटीमै बस्दै आएको उनको भनाइ छ । जनकपुर घर बताउने उनी घर जान पाए घर गएर बस्ने बताउँछिन् ।

यस्तै तनहुँ घर भएका विनोद सिञ्जाली मगर अहिले काम नपाएपछि कहिले भोकै त कहिले यहाँ आएर खाना खाने गरेको बताउँछन् । उनले भने, “काम
खोज्न जाँदा को’रोना आयो भन्छन् । खानलाई समस्या पर्छ । बिहान बेलुका यहाँ आएर खाना खायो । दिनभरी यसै बस्नुपरेको छ ।” रासस