Sunday, October 24
Shadow

दुई घण्टा शीतल निवासमा बिताएर फर्किए प्रधानमन्त्री ओली, किन त? जान्नुस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न बुधबार ६ बजे
शीतल निवास प्रवेश गरेका थिए। ओली शीतल निवासबाट साँझ ८ बजेपछि बाहिरिएका छन्।

२ घण्टासम्म शीतल निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच के कुरा भयो भन्ने विषयमा भने केही जानकारी दिइएको छैन। राष्ट्रपति भण्डारीको सचिवालयले
भने यो नियमित भेट भएको जनाएको छ। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले यो नियमित भेट भएको डिसी नेपाललाई जानकारी दिए।

सरकारले दोस्रो पटक प्रतिनिधिसभा विघ’टन गरी चुनाव घोषणा गरेपछि वि’पक्षी दल तथा नागरिक समाजबाट त्यसको व्यापक वि’रोध भइरहेको छ भने सर्वोच्च
अदा’लतमा त्यसवि’रुद्ध करिब ३० वटा रिट दायर भएका छन्।

ती रि’टमाथि विहीबारदेखि बहस हुनेछ। राष्ट्रपति भण्डारीले आफूले आव्हान गरेअनुसार वर्तमान प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार
गठनका लागि दावी पेश गरे पनि त्यसलाई खारेज गरिदिएकी थिइन्। त्यसपछि प्रधानमन्त्री ओलीले आक’स्मिक मन्त्रिपरिषद बैठक बोलाएर प्रतिनिधिसभा भं’ग गर्दै
चुनावको मिति सिफारिस गरेका थिए। मन्त्रि’परिषदको सिफारिसअनुसार राष्ट्रपतिले प्रतिनि’धिसभा विघ’टन गर्दै चुनाव घोषणा गरेकी थिइन्।

यसअघि पुस ५ मा पनि प्रति’निधिसभा विघ’टन गरेर चुनाव घोषणा गरिएको थियो। तर, सर्वो’च्चले फागुन ११ मा प्रतिनि’धिसभालाई पुनःस्था”पित गरिदिएको थियो।
सो फैस’लाको पू’र्णपाठ नआउँदै सरकारले फेरि प्रतिनिधिसभा विघटन गरिदिएको छ। dc नेपालबाट साभार गरियको