Monday, October 25
Shadow

खुशीको खबरः जनधनको ठूलो क्ष’ति पुर्याउदै आएको यो ठाउँमा बन्ने भयो सुरुङ मार्ग

धेरै बर्षको प्रतीक्षापछि सूरुङ मार्ग बन्ने प्रक्रिया अघि बढेको छ । त्यसका लागि आईतबार नेपाल सरकारले टेण्डर आब्हान पनि गरेको छ । सिद्धार्थ
राजमार्गको बुटवल तानेसन खण्डस्थित सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएको हो । त्यसलाई पुष्टि गर्दै अर्थमन्त्री तथा रुपन्देहीका जनप्रतिनिधि
बिष्णु पौडेलले अब कुनै पनि हालतमा सूरुङ मार्गको काम अघि बढ्ने बताउनुभयो ।

सूरुङ मार्ग निर्माणपछि जन’धनको क्ष’ति रोकिने र यसले समृद्धिको अभियानलाई सघाउने उहाँले बताउनुभयो । सो क्षेत्रमा हरेक मौसममा पहि राले
जन’धन’को ठूलो क्ष’ति पुर्याउदै आएको थियो । भिडियो हेर्नुस। उहाँका भनाईमा अन्तरराष्टिय स्तरका निर्माण ब्यवसायीहरुको सहभागितामा सुरुङ
निर्माण कार्य अगाडि बढ्ने छ । आईतबार नेपाल सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयले सूचना प्रकाशित गर्दै टेण्डर आब्हान गरेको हो ।

यो ग्लोवल टेण्डर आब्हान हो । असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको छ । यसअघि सुरुङमार्ग निर्माणका
लागि सरकारले सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ । अर्थमन्त्रालयले अघिल्लो बर्ष नै १० अर्ब १५ करोड रुपैयाँ
बजेट सुनिश्चितता पनि गरिसकेको थियो । अर्थमन्त्री पौडेलले सुरुङमार्ग निर्माणका लागि रकमको कुनै अभाव हुन नदिने बताउनुभयो ।

सिद्धबाबा क्षेत्रको जो’खिम कम गर्न भन्दै यहाँ यसअघि बिभिन्न किसिमका प्रबिधिहरुका परि’क्षण र प्रयास भएका थिए । सिद्धबाबा खण्ड (बुटवलको चिडिया
खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखि’मयुक्त सडक हो । जहाँ हरेक समयमा प’हिरो ख स्दा बर्षेनी जन’धनको अपू’रणीय क्ष’ति हुँदै आएको थियो । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ ।

गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहि’रो ख’स्दा र दु’र्घटना हुँदा ७० जनाभन्दा बढीको मृ’ त्यु भएको ६० भन्दा बढी सवारी साधन दुर्घ’ टनामा परेर पु
रिए’का सडक विभागको तथ्यांक छ । यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने गर्छन् ।

नुवाकोट एक्सप्रेसबाट साभार

स्तै निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकका कामदार काठमाडौं : देशभर सक्रिय स’ङ्क्र’मितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बि
स्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन्। गत महिनासम्ममा आयोजनामा पाँचदेखि ६ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० ज
ना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ।

निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभि’डकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ।
कतिपय कामदारको परिवारका सदस्य वा आफन्त को’ड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए। कै दिन वा एकै पटकभन्दा
पनि कामदार बिस्तारै घटेको उनले बताए। उनले भने,‘यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गा’हे हुने देखिन्छ।’

निर्माणस्थलमा कतिपय स्थानीयवासी त कतिपय टाढाका कामदार कार्यरत थिए। कामदारले धमाधम काम छाडेर हिँडिरहेकाले निर्माणमा बाधा पुगेको छ।
निर्माणस्थलमा उपलब्ध जनशक्तिलाई को’भिड माप’द’ण्डको पालना गराएर काममा लगाइएको हो। कामदारहरुलाई छुट्टाछुट्टै समूहमा रहने गरी व्यवस्था
मिलाइएको दृष्टिले बताए। निर्माण अघि बढाउनका लागि स्थानीय प्रशासनबाट सहयोग भइरहेको प्रमुख उनको भनाई छ।