Friday, October 22
Shadow

‘बगाएर लाने भो माया तिमीलाई बालै फरर.. निष्काशनमा परेपछि राम कुमारी झाँक्रीले लेखिन्

एमालेबाट कार’बाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् ।

उनले कारबा’हीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर,
बगाएर लाने भो माया तिमीलाई बालै फरर…’

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्का’शन गर्ने निर्णय गरेको थियो ।

झाँक्रीले एमाले अध्यक्ष ओलीको चर्को वि’रोध गर्दै आएकी छिन् । कारबा’ही पछिको उनको पोस्टमा एमालेको विवा’दलाई जोडेर विभिन्न प्रतिक्रिया आएका छन् ।
रातोपाटिबाट साभार गरियको खबर

रामकृष्ण ढकालले कोरो’ना संक्र’मितका लागि जुटाए १८ लाख

काठमाडौं । गायक रामकृष्ण ढकालले को’रोना सं’क्रमित नेपालीका लागि १८ लाख सहयोग जुटाएका छन् । हाल अमेरिकामा रहेका उनले त्यहाँ रहेका
नेपाली तथा नेपाली भाषी भुटानीसँग अपिल गरेर १८ लाख रुपैयाँ सहयोग जुटाएका हुन् ।

सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल अहिले उतै छन् । “हामी सबै नेपालीको जन्मभूमी नेपालमा कोरो’ना महामा’रीको कहर मच्चिँदा
अक्सि’जन सिलिण्डरको अभावमा हजारौंको ज्या’न गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ ।

नेपालमा यस्तो विष’म परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु,” उनले सामाजिक सञ्जाल
फेसबुकमा लेखेका छन्, “म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ ।

त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका
बेला अमेरिकामा रहेकैबेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा स्रोता–दर्शकमाझ
सहयोगको आह्वान गरेको थिएँ ।”

आफूले गरेको आह्वानमा अमेरिकामा रहेका नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गरेको उनले बताएका छन् ।
“जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको छ ।”

अझै पनि केही सहयोग रकम प्रदान गर्ने धेरैले बताइरहेकाले त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका
अन्य व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोग गर्ने गायक ढकालले बताएका छन् ।