Tuesday, January 18
Shadow

दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न अायो यस्तो सुचना । पढिहाल्नुस

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ। भिडियो ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधा’ज्ञा थप्ने निर्णय गरेको छ। सो निषे
धाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ।

सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।

यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले
आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले
सेतोपाटीलाई जानकारी दिए।

‘एक हप्ताको लागि हामीले कडाइको साथ निषेधाज्ञा जारी गर्ने निर्णय गर्‍यौं। दाल, चामल, चिनीको आवश्यकता पर्छ भनेर हामीले एक हप्तामात्रै
थपेका हौं,’ सहायक सिडिओ बस्नेतले भने,’एक हप्तासम्म मानिसहरूले स्टोर गर्न सकिने भएर यस्तो गर्‍यौं। स्टकमा पुग्ने गरी राख्नपर्‍यो।’

दिनदिनै मानिसहरूले दाल चामल किन्न जाने भनेर भीडभाड गरेको हुँदा एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको उनले
बताए।

१२ दिन अगाडि थपेको निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिँदैछ। शुक्रबार १ बजेदेखि थप एक साता निषे’धाज्ञा थपिएको हो।
‘एक हप्ता यसरी क’डाइका साथ नि’षेधा’ज्ञा गरेर हामी समीक्षा गर्छौं। त्यसपछि थप निर्णय हुनेछ,’ बस्नेतले भने।

त्यस्तै, बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य
बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ।

पत्रकारको हकमा पनि सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफारिसमा
प्रशासनको अनुमति चाहिने सहायक सिडिओ बस्नेतले बताए।निषे धा’ज्ञाको उल्लंघन गर्नेहरूका लागि जरी’वाना तिराउनेदेखि कै’द स’जायसम्म गर्ने
प्रशासनले चे’तावनी दिएको छ।

केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्‍याए १ वर्ष र उल्लं’घन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई
सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरि’वाना गर्न सक्ने व्यवस्था गरिएको छ।

सरकारले कोरो’नाभाइर’सको सं’क्रमण रोक्न वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषे’धाज्ञा गरेको थियो। पछि उक्त निषे’धाज्ञा दुई साताका
लागि थपिएको थियो।

देशका अधिकांश जिल्लामा नि’षेधाज्ञा जारी गरेको लगभग महिना दिन बित्न लाग्दा पनि नेपालमा को’रोना सं’क्र’मण दर भने घटन् सकेको छैन।
अहिले पनि औसतमा दैनिक ८ हजार सं क्रमित थपिइरहेका छन्।

सेतोपाटि डटकमबाट साभार गरियको खबर