Friday, October 22
Shadow

दक्षिण कोरियाबाट फेरी अायो निकै नै दुखद खबर ! किन यस्तो गर्छन मान्छेहरू ?

सिओल

रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्ष देखि यहा कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवा जोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँ
टीमा पा’सो लगाई आ’त्मह’त्या गरेका छन् ।

उक्त घ’टनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् ! मन्थली नगरपालिका भुलुवाजोरका
श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए ।

आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनी सहित तीन जना नेपाली
कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए ।

उनलाई पनि सँगै जान अनुरोध गरेको तर थका इ लागेका कारण जा न नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए ।
इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झु’न्डिएको अवस्थामा भेटेका थिए ।

विष्णुलाई झु’न्डि’एको देखेपछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्र’हरीको उपस्थितिमा नजिकैको अस्पताल लगिएको थियो ।
उनको श’व हाल अस्पतालमै राखिएको छ ।

घ’टनापछि नेपाली राजदूतावास सउल र मृ’तकका घरमा पनि खबर गरिएको छ । मृ’तककी श्रीमती, एक छोरी र बुबाआमा छन् ।
श्रेष्ठ विगत केही महिनादेखि मान’सिक अस न्तुलन (डि’प्रेशन)मा परी औष धि खाइरहेका थिए ।

उनी आफ्नो औष’धोपचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।-रासस