Sunday, October 24
Shadow

ड्राइभर ट्वाइलेट गएपछि एक मिनेट ढिलो भयो बुलेट रेल, अनुस’न्धान पछि ड्राइभरलार्इ पर्यो यस्तो अापत

जापानमा बुलेट ट्रेन भन्ने बित्तिकै समय पालनामा विश्व चर्चित छ । तर हालै एउटा बुलेट रेल निश्चित समयभन्दा १ मिनेट ढिलो भएपछि
अधिकारीहरुले केही गड’बडी भएको महसुस गरे । भिडियो हेर्नुस ।

रेल ढिलो भएको विषयमा तत्कालै अनुसन्धान गर्दा थाहा भयो कि उक्त रेलको ड्राइभर पिुसाब फेर्नका लागि ट्वाइलेट गएका कारण रेल
निर्धारित समयमा स्टेसनमा पुग्न सकेको रहेनछ ।

अनुस’न्धानका क्रममा ड्राइभरले आफ्नो पेटको तल्लो भागमा निकै दु’खाई महसुस भएको हुनाले आफु ट्वाइलेट गएको र त्यसक्रममा उक्त तीव्र
गतिको रेल चलाउने तालिम नलिएको कन्डक्टरलाई सुम्पिएको स्वीकार गरे । भिडियो हेर्नुस ।

ड्राइभर ट्वाइलेट गएको बेला करिब ३ मिनेटसम्म उक्त रेल कन्डक्टरको भरमा डेढ सय किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरह्यो । उक्त रेलमा
१६० जना यात्रु थिए ।

बुलेट रेलहरु कम्प्युटरबाट स्वचालित रूपमा नियन्त्रित हुने भएपनि यात्रुहरुको सुर’क्षा तथा समय तालिकामै चलाउनका लागि ड्राइभरले ब्रेक तथा
एक्सलेरेटर दबाउनु पर्ने हुन्छ । यदि उक्त रेल समयमै पुगेको भए ड्राइभर ट्वा’इलेट गएको कुरा थाहै हुँदैन’थ्यो ।
तर रेल ढिलो हुँदा माथिल्लो तहमा जानकारी पुग्यो । भिडियो हेर्नुस ।

नियमानुसार रेल चलाइरहेको ड्राइभर आफू केहीबेर अनुपस्थित हुने भएमा कमान्ड सेन्टरमा जानकारी गराएर समन्वय गरेर मात्र नियन्त्रण प्रणालीलाई
कार्यान्वयन गर्नसक्ने दक्ष कन्डक्टरलाई रेल सुम्पने वा कुनै नजिकको स्टेसनमा लगेर केही मिनेटमा लागि रेल रोक्नुपर्ने हुन्छ ।

तर आफूले पेट दुखेको नि’हुँमा रेल रोकेर सबै रेल प्रणालीलाई नै अस’र पार्न नचाहेको हुँदा माथिल्लो निकायमा
जानकारी नै नगराई कन्ड’क्टरलाई रेल सुम्पिएको ती ड्राइभरले जवाफ दिएका छन् ।

एजेन्सीको सहयोगमा अनलार्इन खबर मा छापियको खबर