Saturday, October 23
Shadow

‘ श्रीमान्‌ बि’त्नुभएको खबर एक्कासी आयो, मुख पनि हेर्न पाइएन ।’ एउटा फोटो भए पठाइदिनू ल ।’

‘राजेन्द्र मल्लिकको मान्छे को हुनुहुन्छ ?’ सोमबार दिउँसो शुक्रराज ट्रपिकल तथा स’रुवा रोग अस्प’ताल टेकुमा श’व उठाउन
आएका नेपाली सेनाका जवानले पटकपटक सोधे । तर, मल्लिक मेरो मान्छे हो भन्ने कोही पनि भेटिएनन् ।

मल्लिक…? ओहो ! यी तिनै दाइ होइनन्, जो ३० वैशाख (बिहीबार) राति मृ’ त्यु भएको । ‘हो तिनै मल्लिक दाइ हुन् । भारत
उडिसा राज्यका रहेछन् । बल्ल पत्ता लाग्यो’, अस्पता’लको प्राङ्गणमा रहेका सूचना अधिकारी नवराज गौतमले भने ।

मल्लिक दाइको मृत्यु भएको रात हामी पनि टेकुमै थियौँ । उनको नाम पहिचान भएको थियो तर ठेगाना पत्ता लागेको थिएन । बेड
नभएपछि खाली कोठाको भुइँमै राखेर डा. अनुप बाँस्तोलाको टिमले उनको उप’चार गरेको थियो ।

मल्लिकलाई डा. अनुपले अन्तिम समयसम्म पनि छोडेका थिएनन् । शरीर थप शि’थिल हुँदै गएपछि डा. अनुपलाई छट’पटिँदै मल्लिकले अँगालो हालेका थिए । बेड खाली गराएर तत्कालै डा. अनुपले उनलाई आ’ईसी’यूमा पुर्‍याएका थिए । भे’न्टिलेटरमा
राखेर अथक प्रयास गर्दा पनि डाक्ट’रले उनलाई ब’चाउन सकेका थिएनन् ।

‘कसरी पत्ता लाग्यो त ठेगाना ?’ जिज्ञासा सहितको प्रश्नमा सूचना अधिकारी गौतम भन्छन्, ‘उहाँको साथमा झोला र मोबाइल थियो ।
मोबाइल चार्ज गरेर अन गर्‍यौँ । केही समयपछि भारतबाट फोन आयो । सि’ रियस हुनुहुन्छ भनेर जानकारी दियौँ । फेरि नेपालमै
रहेका उहाँको साथीको फोन आयो । साथीको माध्यमबाट परिवारलाई खबर गरेका हौँ ।’

अस्प’तालले तीन दिन लगाएर उनी भारतीय नागरिक भएको पत्ता लगायो । ‘अस्पता’ लबाट स्वास्थ्य मन्त्रालयलाई, स्वा’स्थ्यले परराष्ट्र,
परराष्ट्रले भारतीय दूतावासमा पत्राचार गरेर परिवारको सहमतिपछि श’ व उठाउन लागिएको हो’, उनले भने,
‘परिवारको सहमतिपत्र भारतीय दूतावासबाट पाएका हौँ ।’

सन्तोष मल्लिकले उपलब्ध गराएको पत्र ।
अस्पताल, दूतावास र मल्लिकको परिवारसँग जोडिएका थिए, भारत उडिसाकै सन्तोष कुमार मल्लिक । उनको पहलले नै
राजेन्द्रको पहिचान भएको थियो । अस्प’ तालको प्राङ्गणबाट राजेन्द्रको श’ व उठाउनुअघि सन्तोषलाई हामीले सम्पर्क गर्‍यौँ ।

फोन सम्पर्कमा आएका सन्तोषले भने, ‘हाम्रो एउटै प्रदेश हो तर जिल्ला फरक पर्छ । २५–३० वर्षदेखि उहाँ सोह्रखुट्टेमा बस्दै आउनु
भएको थियो । उहाँकी श्रीमती धेरै ‘रूनु’भयो । एउटा फोटो भए पनि पठाइदिनू भन्नुभएको छ ।
कहाँबाट फोटो पठाउने ? कोभि’डले अ’स्प’ताल आउने स्थिति छैन ।’

यसअघि एउटै कोठामा उप’ चार गराइरहेका अर्का बि’ रामीले मल्लिकले रिक्सा चलाउने बताएका थिए । तर, सन्तोषका
अनुसार नेपाल आएदेखि नै सोह्रखुट्टेमा डेरा लिएर राजेन्द्रले प्लम्बिङको काम गर्दै आएका रहेछन् ।

‘डेरामा के छ, त्यो हामीले देखेका छैनौँ । उहाँकी श्रीमतीलाई सम्पर्क गराइदिन्छु । थप कुरा गर्नुहोस्’, उनले नै राजेन्द्रको
श्रीमतीको नम्बर हामीलाई उपलब्ध गराए ।

सेनाको टोलीले सबै काजगपत्र तयार पारेपछि श वबाह’न टेकुको प्राङ्गणमा आइपुग्यो । भित्रबाट अस्प’तालका कर्मचारीले स्ट्रेचरमा
मल्लिकको श ‘व ल्याए । श’ व पाँच दिन होल्ड भएर होला, गन्हा’उन थालिसकेको थियो ।

अनि मल्लिक दाइसँगै थियो, रातो झोला र मोबाइल । उनको श’रीरबाट सासले साथ छोडे पनि झो’लाले छाडेको थिएन । झोला नै
उनको साथी थियो । त्यही झोला र मोबाइलले उनको जन्मथलो र परिवार पत्ता लगाएको थियो ।

अस्प’तालका कर्मचारीले श’ वबाहनभित्रै झोला राखिदिए । ‘झोला त हामीले लान मिल्दैन । श’ व मात्र लाने हो’, सेनाका जवानले भने । ‘झोला र मोबाइल के गर्ने त ?’

‘महत्त्वपूर्ण सामान होला । पशुपति लगेर त जला’उने हो । झोलाको व्यवस्थापन अ’स्पतालले नै गर्नू’, सेनाको जवाफपछि
बहानभित्र राखिसकेको झोला पनि अस्प’तालका कर्मचारीले झिके । अनि झोलाले पनि उनको साथ छोड्यो ।

अब झोला बेवा’रिसे हुने त होइन ?’

‘एउटा पत्र लेखेर झोला र मोबाइल प्रह’रीलाई दिन्छौँ’, अस्प’तालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘रोग’ले देश, भूगोल,
जात, धर्म भन्दैन । हामीले मल्लिकलाई बचाउन कोसिस गरेका हौँ, सकेनौँ । अब ध’र्मसंस्कारअनुसार अन्त्येष्टि गरिदिन्छौँ ।’ उनको
श’व लिएर सेनाको श’वबाहन प’शुपतितर्फ लाग्यो । उनका मलामी तिनै नेपाली सेना बने ।

मजदुरीका लागि भारतबाट नेपाल आएका राजेन्द्र मल्लिक ।
मजदुरी गर्न नेपाल आएका मल्लिक आफ्नो देशमा फर्किन पाएनन् । सायद एक दिन उनको घरमा चिनो त्यही झोला पुग्नेछ । कैयौँ
नेपाली युवा पनि अरुको देशमा रग’त र पसिना बगाउन विवश छन् । कतै नेपाली युवाको पनि यस्तै हालत भएको त छैन ? जुन
देशको नागरिक भए पनि आखिर मजदुरको पी’डा त उस्तै हो नि ।

मल्लिक दाइ त बि’तेर गए तर उनको घरमा के भयो होला ?

भोलिपल्ट (मंगलबार) बिहान राजेन्द्रकी श्रीमती चन्द्रिका मल्लिक फोन सम्पर्कमा आएकी थिइन् । ‘आइतबारसम्म कुरा भएको थियो ।
अक्सिजन दिएको छ । उप’चार गर्दै छु भन्नुभएको थियो । त्यसपछि बारम्बार फोन गर्दा अफ भन्यो’, उनी भन्छिन्, ‘बि’त्नुभ’एको
खबर एक्कासि शुक्रबार आयो । श्रीमान्‌को मुख पनि हेर्न पाइएन ।’

राजेन्द्र ३० वर्षअघि कामका लागि नेपाल आएका रहेछन् । ‘छोराछोरीलाई पढाउने सपना बोकेर पैसाको जोहो गर्न कामका लागि
नेपाल आउनुभएको हो’, नेपालीमै बोलेकी चन्द्रिका भन्छिन्, ‘छोरा इन्जिनियरिङ र छोरी बीएमा पढ्दै छन् । अब मैले कसरी पढाउने ?’

त्यसो त उनी पनि अघिल्लो वर्ष घर गएकी रहिछिन् । ‘पोहोर को’रोना आएपछि दुवै जना घर आएका थियौँ । १० महिना बसेर
श्रीमान् कामका लागि फेरि नेपाल जानुभयो । म छोराछोरीसँग यतै बसेँ । बिरा’मी हुँदा हेरचाह गर्न सकिनँ’, उनले भनिन्,
‘महिनाको १०-५० हजार पठाउनुहुन्थ्यो । अब हामी कसरी बाँच्ने ?’

श्रीमान्‌को भरोसामा उनी पनि नेपाल आउने गरेकी थिइन् । भन्छिन्, ‘अब नेपाल आउने बाटो पनि बन्द भयो । एउटा रातो झोला थियो ।
कोठा र झोलामा के-के छ थाहा छैन । कामको पैसा पनि लिनु थियो होला । अन्तिममा श्रीमान्‌लाई देख्न पनि पाइएन । एउटा फोटो भए पठाइदिनू ल ।’

यो खबर शिलापत्र डटकममा रहेको छ पढनको निम्ति यहाँ थिच्नुहोला ।