Tuesday, October 26
Shadow

२४ घण्टामा भारतमा देखियो यति धेरै जनामा कोरोना सं’क्रमण

कोरो’ना भाइरस महामा’रीको दोस्रो लहरबाट ठूलो मानवीय संक’ट झे’लिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८
जना सं’क्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार
कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ८१ हजार ३६८ जना नयाँ सं’क्रमित भेटिएका
हुन् । सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी नै मानिस संक्र’मित भएकोमा
पछिल्ला केही दिनहरुमा यो संख्या घट्दै गएको देखिएको हो ।

त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा गएको २४ घण्टा यता भारतका ४ हजार १०६ जनाको यो का’रोना
सं’क्रमणबाट मृ’त्यु भएको छ ।

सोमबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा को’रोना भाइरस’को सं’क्रमणबाट अहिलेसम्म २ लाख ७४ हजार ३९० जनाको
ज्या’न गएको पनि बताइएको छ ।

मन्त्रालयका अनुसार को’भिड–१९ सं’क्र’मितको कूल संख्या दुई करोड ४९ लाख ६५ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख
९५ हजार व्यक्ति सं’क्रमण’मुक्त भएका छन् । भारतमा गत जनवरीमा कोभि’ड–१९ विरु’द्धको खो’प लगाउन शुरु गरेको थियो। हाल
सम्म १८ करोड २२ लाख व्यक्तिलाई खो’प दिइएको मन्त्रालयले जनाएको छ ।

अन्नपूर्ण पोस्टबाट साभार