Friday, October 22
Shadow

को’रो’नाले उजाडदै परिवारः श्रीमानको अन्तिम सं’स्कार गरेको पाँच दिनपछि श्रीमतीको पनि ज्या’न गयो, छोराको बि’च’ल्ली

करिब दुई महिनाअघि भारतको हरियाणा गुडगाउँ स्थित स्टाइल डिजाइनमा काम गर्न गएका गुलरिया–२ का ४३ वर्षीय गोपाल
नगरकोटी दम्पतीको मृ’ त्युपछि उनीहरूका दुई छोरा र वृद्ध आमा बि’चल्लीमा परेका छन् ।

भारतमा कोरो’ना सं’ क्रमण भएपछि उनको १० दिनअघि मृ’ त्यु भएको थियो । उनको श’ व त्यहाँको कम्पनीले यहाँसम्म पुर्‍याइदिएको छ ।
उनको अन्तिम सं’स्कार गरेको पाँच दिनपछि श्रीमती लक्ष्मीको पनि ज्या’ न गयो । श्रीमान्को मृ’ त्युको खबरले उनी बे’ होस भइन् ।
श्रीमान्को मुख हेर्न दा’हसं’स्कार गरिने भादा घा’टमा नपुग्दै बे’ होस भएपछि श्रीमान्को अनुहार समेत हेर्न नपाएको परिवार जनले बताएका छन् ।

गुलरिया–३ मा बसोबास रहेकी ३९ वर्षीया लक्ष्मीलाई उच्च ज्व’ रोले च्यापिसकेको उनकी भान्जी संगीता महताराले बताइन् । मामाको मृ
‘त्यु भएको पाँच दिनपछि माइजूको पनि मृ’ त्यु भएको संगीताले सुनाइन् । उनीहरूका दुई छोरा अमन ११ र राहुल ९ वर्षका छन् । दुवै बालक अहिले ७८ वर्षीया हजुरआमा पद्मा’को सहारामा छन् । पद्मा पनि कान्छो छोरा र बुहारीको सहारामा थिइन् ।

छोरा र बुहारीको मृ’ त्युपछि उनी शो’ कमा छिन् । उनीमाथि दुई नातिको पालनपो’षणको जिम्मा आएको छ । उनले आफूभन्दा
नातिहरूको पिर’ लो बढी भएको बताइन् । १० धुर जग्गामा घर भएका नगरकोटी परिवारको आम्दानीको स्रोत केही छैन । नगरकोटी दम्पतीको मृ’ त्युको खबर पाएपछि जिल्ला प्र’हरी उपरीक्षक ईश्वर कार्की शनिबार बिहान खाद्यान्न लिएर घर पुगेका थिए । अहिले एक महिनालाई पुग्ने खाद्यान्न दिएका उनले अझै केही सहयोग चाहियो भने दिन तयार रहेको बताए ।

आमाबुबाको मृ’ त्यु भएपछि दुई बालक सहा’ राविहीन भएको गुलरिया नगर कार्यपालिका सदस्य विष्णुकुमारी शर्माले बताइन् ।
उनीहरूको संर’ क्षणका लागि नगर पालिकालगायत विभिन्न संघ संस्थासँग अपिल गरेको उनले जनाइन् । गोपाल केही वर्ष मलेसियामा
पनि रोज’गारीमा थिए । कोभि’ड–१९ को महा’मा’रीले त्यहाँ रोजगारी गुमे’पछि घर फर्केका हुन् । आम्दानीको स्रोत नभएपछि उनी
पुनः भारतको हरियाणा पुगेको भान्जी संगीताले बताइन् ।

अमन ४ र राहुल ३ कक्षामा पढ्दै छन् । खान, बस्न र अध्ययनमा समेत समस्या भएका ती बालकका ठूलाबुबा कृष्ण न
गरकोटीले बताए । उनी गुलरिया–२ मा अलग भएर बसेको धेरै भयो । उनीहरूको आर्थिक अवस्था पनि कहा’लीलाग्दो छ ।
गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले दुवै बालकलाई निःशुल्क शिक्षा, पालनपोष’णलगायतको व्यवस्था गरिने बताए ।
चाँडै कार्यपालिकाको बैठकले उक्त निर्णय गर्ने उनले जनाए ।

साभार कान्तिपुर