Sunday, October 24
Shadow

कोभिड्को संका लागेको छ र श्वास फेर्न गाह्रो भएको जस्तो महसुस भएको छ भने, घरमा बसेर यी उपाय अपनाउनुहोस्।डाक्टर रवीन्द्र पाण्डेको १६ वटा सुझाव।सेयर गर्नुहोस्,कसैको ज्या’न बच्न सक्छ।

थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइ’टसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासि’टामोल
खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ । २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल’ गयो भने घोप्टो परेर सुत्नुहोला ।

यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सि’रानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको
बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टि’लेटर पनि भनिन्छ । ३. भिटामिन सी २ पटक, जिंक २
पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्या’ब्लेट खान सकिन्छ । ४.
अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ ।

तसर्थ नजिकको कोभि’ड अस्प’तालमा गएर चिकि’त्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था
अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभा’इरल र एन्टि’बायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमो’निया भएमा अस्प’ताल भर्ना
हुनुपर्छ । ५. जांच नगरी घरमा अक्सि’जन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको
औषधिले मात्र निमो’निया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सि’जन दिएर फो’क्सो ड्या’मेज
भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटि’कल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अ’स्पताल जान्छु नभन्नुहोला। अस्प’ताल प्याक भएपनि त्यहाँ तपाइंले
कुनै न कुनै उप’चार पाउनुहुन्छ । ७.अप्रमाणित औषधि सेवन गरेर वा अन्य सं’क्रमितलाई निको भएको औषधि खाएर समय एबम
स्वा’स्थ्य न’ष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ । ८. मरिच, बेसार,अदुवा, ज्वानो,
दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला । ९. घरमा एकजना सं’क्रमित भएमा
सबैको परी’क्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ । १०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा
, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ । १२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला । १३. हल्का ब्यायाम,
पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला । १४. आफ्नो मा’नसिक अवस्था’लाई सुदृढ एबम सबल राखुहोला। नआत्तिनुहोला । १५.
१ र २ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल नहेर्नुहोला। अन’धिकृत समाचारले त’नाव बढाउँछ । १६. गाह्रो भएमा १०२
नम्बरमा फोन गरेर एम्बुले’न्स मगाउनुहोला ।