Saturday, October 23
Shadow

आफ्नो गाँस कटाएर , श्रमिकले पठाए यति धेरै सिलिन्डर…

नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना आयो– ‘अक्सिजनको
सिलिन्डर पठाउन आर्थिक सहयोग गरौं त्यो सूचना पाएकै दिन ढकालले एक दिनको तलब दिइन् ।

‘हामी एभेन्युज मलमा क्लिनिङको काम गर्ने झन्डै एक सय ३५ जना दिदीबहिनी र दुई सय दाजुभाइ होलान् । सबै मिलेर एकै दिन
एक लाख ५२ हजार रुपैयाँ उठायौं,’ उनले भनिन्, ‘यसले मनमा ठूलो सान्त्वना मिलेको छ ।’ एनआरएनए, कुवेतका अध्यक्ष सुजन
केसीका अनुसार सिलिन्डर पठाउने अभियानमा कुवेतबाट मात्रै १० लाख रुपैयाँ संकलन भयो ।

‘यो अभियानमा घरमा काम गर्ने दिदीबहिनी तथा दाजुभाइको पनि योगदान छ,’ उनले भने, ‘अहिले सबैको मनमा देशमा बढीभन्दा
बढी अक्सिजनको सिलिन्डर पठाउन पाए हुन्थ्यो भन्ने छ ।’कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको
मनमा छटपटी छ । घरगाउँबाट अ क्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ ।

‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै क हालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडि यो देख्दा यो मन
छि या छि या हुन्छ ।’आफ्नो देशमा अक्सि जन नपाएर बिरा मीको मृ त्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ ।
सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्या न गएका खबरले मन पो लेपछि उनीहरूले आफ्नो गाँस काटे र ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।

खाडी क्षेत्रमा कार्यरत श्रमिकको सहयोगबाट शनिबार काठमाडौंमा ओमानबाट ५ सय ६० सिलिन्डर आइपुगेको छ । सिलिन्डरको मूल्य
६३ हजार ७ सय डलर पर्थ्यो । भारतले पनि खाडीका कम्पनीबाट धमाधम सिलिन्डर उठाइरहेका बेला ओमानमा मौज्दात सिलिन्डरलाई
जोगाइराख्न चुनौ ती थियो । ‘हामीले उपलब्ध सिलिन्डरबारे तुरुन्तै एनआरएनएको अन्तर्राष्ट्रिय नेतृत्वलाई जानकारी गरायौं ।

खाडी क्षेत्रबाट आर्थि क संकलन गरी सोधभर्ना गर्ने गरी आईसीसीबाट तुरुन्तै बिल भुक्तानी भयो,’ गैरआवासीय नेपाली सोसल क्लब,
मस्कटका अध्यक्ष विकल झाले कान्तिपुरलाई भने, ‘सिलिन्डर सुरक्षित गर्न पाएपछि खाडी क्षेत्रमा आर्थिक संकलन सुरु भयो ।’कतारमा
कार्यरत तनहुँका करिमबक्स मियाँले मुलुकमा स्वास्थ्य संकट देखिएका बेला जीवन जोगाउने अभियानमा श्रमिकहरू स्वस्फूर्त तयार देखिएको बताए ।

‘खाडीमा कार्यरत श्रमिकको एउटा छा तीमा देश छ । अर्को छातीमा परिवार छ,’ उनले भने, ‘को भिड महा मा रीमा परिवार, आफन्त र
सा थीभाइ असुरक्षित हुँदा हामीले निकै पी डादायी अनुभव गरेका छौं । कोभिडको असर कति सम्म हुन्छ भन्ने हामीले यहाँ भोगिसकेका छौं । आफू मात्रै बाँचेर भएन, घर परिवारलाई बचाउनुपर्‍यो