Saturday, October 23
Shadow

ह्वात्तै बढ्यो सुनको मुल्य – प्रति तोला सुनको मुल्य पुग्यो यति

काठमाण्डाै – सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रबार तोलामा ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ
आज ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । भिडियो हेर्नुस

यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले
सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।
उज्यालो अनलार्इनबाट साभार गरियको खबर

यस्तै अर्को खबर
नेपालमा राधे रिलिजको सर्वत्र विरो’ध

बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो ।
यो भारतीय फिल्म राधेको नेपालमा सेन्स’र भएको छैन । सेन्सर बिना नै नेपालमा डिजिटल प्लेटफर्ममा रिलिज गरिएपछि यसको सर्वत्र
वि’रोध भएको छ ।

यो फिल्लाई नेपालमा गोपीकृष्ण मुभिजले वितरण गरेको छ । फिल्म हलमा रिलिज गर्नु नपर्ने भएपछि गोपीकृष्णले सेन्स’र गर्नु नपर्ला
भनेर यहाँको डिजिटल प्लेटफर्ममा रिलिज गरिएको जनाएको छ ।

चलचित्र विकास बोर्डले भारतीय फिल्म राधेलाई बिना सेन्स’र नै यहाँका नेट टिभी, डिस होमको फिल्म च्यानलगायतमा रिलिज गरिएको
भन्दै सेन्सरका लागि बिहीबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठायो । सो पत्रप्रति मन्त्रालयको ध्यान गएको छ ।

फिल्म राधेलाई से’न्सर गरेर मात्र नेपालमा प्रदर्शन गर्नका लागि सञ्चार मान्त्रालयले शुक्रबार यो फिल्मको नेपाल वितरक गोपीकृष्ण
मुभिजलाई पत्र काटेको छ । मन्त्रालयबाट पत्र आएपछि गोपीकृष्ण मुभिज सो फिल्मको से’न्सर तयारीमा शुक्रबार दिउँसोबाट जुटेको हो ।

नेपालमा नेपाली चलचित्रलाई हलदेखि टेलिभिजन च्यानलमा रिलिज गर्दा समेत सेन्सर गर्ने नियम छ । तर, विदेशी सिनेमा सेन्स’र बिना
चलाएपछि सबैतिरबाट विरो’ध भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले राजधानीलाई बताए ।

फिल्म राधेलाई नेपालमा से’न्सर नै नगरी नेपालकै डिजिटल प्लेटफर्म र टेलिभिजन च्यानलबाट रिलिज गरिएको भन्दै बिहीबार बोर्डमा
‘उ’जुरी परेको थियो । सोही उजु’रीको आधारमा आफूलाई यो फिल्मलाई से’न्सर गर्न सञ्चार मन्त्रा’लयलाई अनुरोधपत्र पठाएको पनि दाहालले राजधानीलाई बताए ।