Monday, October 25
Shadow

राशिफल : २०७८ जेठ १ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७८ जेठ १ गते, शनिवार, १५ मे २०२१। वैशाख शुक्ल पक्ष तृतीया तिथि, प्रातः ५ः३४
बजेदेखि चतुर्थी । मृगशिरा नक्षत्र, प्रातः ६ः४२ बजेदेखि आर्द्रा। चन्द्रराशि– मिथुन।इटहरी,
सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त :साँझ ०६:३५ बजे,

काठमाण्डौं,नेपालमा सूर्योदय : बिहान ०५:१८
बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र
सूर्यास्त : साँझ ०६:५० बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता
प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति
छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।
विपरित वर्ग प्रति आकर्षण बढ्नेछ । समाजको हितमा पनि मन जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राजनैतिक र सामाजिक कामबाट सफलता
पाइनेछ । पठनपाठनका क्षेत्रमा केही सुधार होला । बोलीको प्रभावकारिता बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य
पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र
उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा
झैझमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन सम्हाल्न आवश्यक हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
परिवारमा सुख सन्तोष छाउनेछ । सम’स्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।