Friday, October 22
Shadow

स्वास्थ्य मन्त्रालयको तथ्यांकमा ४०८४ मात्र तर सेनाले गर्‍यो यति धेरै श’व व्यवस्थापन,

नेपाली सेनाले अहिलेसम्म को’रोना सं’क्र’मणबाट मृ’त्यु भएका ४ हजार ६८२ श’व व्यवस्थापन गरेको छ ।
सेनाले २०७८ वैशाख २२ गते पहिलो श’वको व्यवस्थापन गरेको थियो ।

हिजो वैशाख २८ गतेसम्ममा देशभरबाट ४ हजार ६८२ श’वको व्यवस्था’पन गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ
पौडेलले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।

उपत्यकाका प्रितनाले मात्र वैशाख महिना भर २ हजार ३५० वटा श’व व्यवस्थापन गरेको जनाइएको छ । वैशाख
२२ देखि २८ गतेसम्म काठमाडौं भित्र सेनाले ५०३ वटा श’व व्यवस्थापन गरेको छ ।

उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने २८ गतेसम्म कोरो’ना सं’क्रम’णबाट ४ हजार ८४ जनाको मात्र मृ’त्यु भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय पालिकामार्फत् प्राप्त भएको तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।

से’नाका प्रवक्ता पौडेलले आफ्नो को’रोना डेस्कमा आएको फोन र श’व व्यवस्थापन गरेको आधारमा तथ्यांक सार्वजनिक गरिएको
बताए । सेना र मन्त्रालयको तथ्यांकमा सुरु देखि नै फरक हुँदै आएको पौडेलले बताए ।

‘हामीले त श’व व्यवस्थापन गरेको आधारमा नै तथ्यांक राख्ने हो । सिसि एम सी मार्फत् हामीलाई श’व व्यवस्थापनका लागि अनुरोध
आउँछ । त्यही आधारमा हामीले शवको व्यवस्थापन गर्छौं’, प्रवक्ता पौडेलले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने तथ्यांकमा केही तलमाथि भएको स्वीकार गरे । स्वास्थ्य कार्यालयमार्फत्
आउने तथ्यांकलाई नै मन्त्रालयले आधिकारिक मान्ने भन्दै उनले केही कमजोरीका कारण तथ्यांकमा त्रु’टी भएको बताए ।