Sunday, November 28
Shadow

२४ घण्टामा यति धेरै जनामामा भेटियो कोरोना सं’क्रमण

मुलुकमा पछिल्लो समय थप ९३०५ जनामा सं’क्रमित व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो रिपोर्ट
पछिल्लो १४ घण्टा भित्रको हो ।

पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा सं’क्र’मण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यही अवधिमा १६८ जनाको मृ’त्यु भएको छ भने ४ हजार ४४४ जना नि’को भएका छन् ।

काठमाडौँमा ३२५० जनामा सं’क्र’मण पुष्टि भएको छ। यो सबैभन्दा बढि सं’क्रमित फेला परेको हो । त्यस्तै,
ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा सं’क्रमण पुष्टि भएको छ ।

बैतडीको समस्या- सङ्क्रमितहरु संस्थागत आइ’सोलेशनमा बस्नै मान्दैनन्
बैतडी भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि देशका अन्य जिल्लाहरुमा जस्तै कोरोना स’ङ्क्रमणको दोस्रो लहर तीव्र
रुपमा फैलदै गएको छ ।

यसरी स’ङ्क्र’मितहरु दिन प्रतिदिन बढिरहेका भएपनि स्वास्थ्य क्षेत्रको प्रब’न्ध मिलाउने सम्बन्धित निकायको तयारी भने त्यति
प्रभावकारी छैन ।

समुदायस्तरमै स’ङ्क्र’मण फैलदै गएको देखिएको छ । हालसालै बाहिर घुम्न कतै नगएका र घरैमा बसिरहेका व्यक्तिमा
पनि स’ङ्क्र’मण पुष्टि हुन थालेको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।