Sunday, October 24
Shadow

नेपालबारे अमेरीकाले बिज्ञप्ती निकाल्दै भन्यो यस्तो

अमेरिकाले ‘ट्राभल एड्भाइजरी’ निकाल्दै आफ्ना नेपाल भ्रमण नगर्न सुझाव दिएकाे छ । काेभिड–१९ काे सङ्’क्रमण निकै जाेखि’मपूर्ण अवस्थामा
रहेकाे भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएकाे हाे ।

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल ‘फाेर’ मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएकाे हाे ।

नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानकाे सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएकाे र यसबारेमा
अहिलेसम्म नेपाल सरकारकाे तर्फबाट कुनै जवाफ नआएकाे नेपालमा रहेकाे अमेरिकी दूतावासले जनाएकाे छ ।

नेपालमा काेराेना भाइरस काे सङ्’क्रमण बढेसँगै सरकारले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे छ ।
नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रति’बन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ ।

भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने छ ।