Sunday, October 24
Shadow

सामान्य रुपमा बच्चा जन्माए पनि उच्च र’क्तश्रा’व भएपछि अस्पताल पहुँच नहुँदा सु’त्के’रीको मृ’त्यु

जिल्लाको सिलिचोङ गाउँपालिका–३ स्थित अस्प’तालको पहुँच नहुँदा एक सुत्केरीको मृ’त्यु भएको छ ।

२६ वर्षीया सृजना कुलुङको उच्च रक्तश्रावका कारण सोमबार साँझ अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृ’त्यु भएको हो । ताम्कु
प्राथमिक स्वास्थ्य केन्द्रमा कुलुङले सामान्य रुपमा बच्चा जन्माए पनि उच्च र’क्तश्रा’व भएपछि जिल्ला अस्प’ताल लैजाने क्रममा बाटोमै उनको ज्यान गएको हो ।

सु’त्केरी वे’था लागेपछि घर नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएपछि स्वा’स्थ्यकर्मीहरुले उनको नर्मल प्रसूति गराइ बच्चा
जन्मिएको थियो ।

तर निरन्तर उच्च रक्तश्राव भएपछि थप उप’चारका लागि उनलाई स्वास्थ्य केन्द्रले जिल्ला अस्प’ताल खाँदबारीमा रेफर गर्‍यो ।
उच्च रक्त’श्राव रोक्न थप उपचारका लागि रेफर गरिएको थियो ।

स्वास्थ्य केन्द्रकी डा भारती पण्डितका अनुसार नर्मल प्रसूतिबाट ब’च्चा जन्मिए पनि सु’त्केरीको शाल ननि’स्कीएको र उच्च र’क्तचाप
हुनुका साथै रक्तश्राव पनि नरो’किएपछि सु’त्केरीको स्वास्थ्य अवस्था झन् ज’टिल बनेकाले तत्कालै रेफर गरि’एको थियो ।

स्थानीय स्वास्थ्य संस्थामा विरामीका लागि रगत दिन नसकिने भएकाले रेफर गरिएको डा पण्डितले बताइन् । मृतकका श्रीमानका
अनुसार ताम्कु स्वास्थ्य केन्द्रबाट गाउँपालिकाको एम्बु’लेन्सले बुङ्लिङको अरुण नदी किनारसम्म सुत्के’रीलाई पुर्‍याइयो ।

खाँदबारी नगरपालिका–११ हेलुवावेसीसम्म फेरि स्टेचरमा ल्याएर सार्वजनिक गाडीबाट सृजनालाई जिल्ला अ’स्पताल ल्याउने क्रममा
मृत्यु भएको उनका श्रीमानले बताए ।

स्वाथ्यकर्मी र अक्सिजन सहितको एम्बु’लेन्स नहुँदा श्रीमतीको ज्यान गएको मृ’तकका श्रीमान बताउँछन् । परिवारका अनुसार
खाँदबारी–१० चन्दनपुर पुर्‍याएपछि उनको मृ’त्यु भएको हो ।

कच्ची सडक भएकाले समयमा अस्प’ताल पुर्‍याउन नसक्दा मृ’त्यु भएको परिवारका सद’स्यहरुको गुना’सो छ । श्रीमान बलिरामले
भने ‘श्रीमतीको उ’च्च रक्त’श्राव भएपछि थप उप’चारका लागि हेलीकप्टर मगाउन आर्थिक अवस्था कमजोर भएकाले लैजान सकिएन ।
दुर्गम क्षेत्रमा यातायत असुविधा हुँदा अकालमा ज्या’न गुमा’उनु पर्‍यो ।’

हरेक वर्ष यसै गरी अस्प’तालको पहुँच नहुँदा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्के’री महिलाहरुले ज्या’न गुमा’उने गरेका छन् । राष्ट्रपति
महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जोखिममा परेका गर्भ’वती तथा सु’त्केरीको हवाइ उद्धार कार्यक्रमका बारेमा भने जन प्रतिनिधिहरु समेत बेखवर छन् ।

अनिष विष्ट को अन्नपुर्णपोस्टमा रहेेको खबर