Tuesday, October 26
Shadow

बिवाहको लागि लियर सरकारले गर्यो यस्तो घोषणा, अब हुने भयो यस्तो

अब काठमाण्डौ उपत्यकामा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न नपाइने
भएको छ । ​मङ्गलवार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त
बैठकले काठमाण्डौ उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गर्दै पार्टी प्यालेसमा
विवाह लगायतका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाएको हो ।

विवाह लगायतका कार्यक्रम घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था
भएको छ । तर घरमा पनि स्वास्थ्य मा’पदण्ड पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएकाे छ । 
यसअघि  पहिलो चरणमा वैशाख १६ देखि २२
गतेसम्म र दोस्रो चरणमा वैशाख २९ गतेसम्मका लागि लागू गरिएको निषे धाज्ञा आज फेरि १५
दिनका लागि थपिएको हो । 

सङ्क्रमणको दर बढ्दै गएपछि नि’षेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मापदण्ड
पालना भए–नभएको, मास्क प्रयोग र अनावश्यक हिँडडुल गर्नेमाथि कडा अनुगमन
गरिने र मास्क नलगाउनेलाई जरि बाना गर्ने , अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेलाई होल्डिङमा राखिने बताउनुभयो ।

खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतले पासको आधारमा र पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवतजावतमा सहजीकरण गरिने छ । 
यस्तै मृत्’यु संस्कार र बिरामी लिएर जिल्लाबाहिर जानुपर्ने अवस्थालगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको प्रजिअ पराजुलीले बताउनुभयो ।

उज्यालो नेटवर्क बाट साभार गरीयको