Monday, December 6
Shadow

बिल गेट्स र मेलिन्डा छुट्टिएपछि उनीहरू बस्ने भव्य घरको के हुन्छ?

बिल गेट्स र मेलिन्डा गेट्सले डिभोर्स गरेको खबर सार्वजनिक भएको एक साता भयो। विवाह गरेको २७ वर्षपछि बिल र मेलिन्डाले डिभोर्स गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।

गत मे ४ मा बिल र मेलिन्डाले ट्विटरमा संयुक्त वक्तव्यसहित आफूहरू छुट्टिएको निर्णयबारे जानकारी गराएका हुन्।
दुईको सम्बन्धविच्छेद संसारभर चासोको विषय बन्यो। खबर थाहा पाउने बित्तिकै धेरैको मुखमा ‘के?’ भन्ने भयो होला। धेरैको मनमा थुप्रै प्रश्नहरू उब्जियो होला। जस्तै किन? कसरी? उनीहरूले संयुक्त रूपमा सञ्चालन गरिरहेको फाउन्डेसनको अब के हुन्छ?
उनीहरूको सम्बन्ध विच्छेदको कारण यकिन नभए पनि फाउन्डेसनको काम भने मिलेर निरन्तरता दिने उनीहरूले जारी गरेको संयुक्त वक्तव्यमै भनिएको छ।

धेरैको मनमा अझै खट्किरहेको अर्को मुख्य प्रश्न बिल र मेलिन्डा बस्ने भव्य घरको अब के हुन्छ? भन्ने हो। 
कस्तो थियो होला उनीहरू बस्ने घर?
बिल र मेलिन्डा बस्ने घरलाई जानाडु २.० भनेर पनि चिनिन्छ। जसरी हाम्रोमा ‘फलानो निवास’ भनेर नामकरण गरिन्छ।

बिल र मेलिन्डा बस्ने जानाडु २.० को अनुमानित मूल्य १३ करोड अमेरिकी डलरभन्दा बढी छ।
६६ हजार स्क्वायर फिटमा फैलिएको जानाडु २.० वासिङटन तालको छेउछाउतिर छ।

उनीहरूको छिमेकको रूपमा अहिलेको संसारकै धनाढ्य व्यक्ति जेफ बेजोस छन्।
यतिका वर्ष बिल र मेलिन्डाले आफू बस्ने ‍घरको आवरण गोप्य राखेका छन्। घर कस्तो छ, भित्र
के-के छन् भन्ने पूरा जानकारीको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन। यद्यपि विभिन्न मिडिया र आगन्तुकहरूले जानाडु २.०
को भित्री आवरणबारे धेरथोर रिपोर्ट सार्वजनिक गरेका छन्।

धनाढ्य व्यक्तिहरूको घर कस्तो हुन्छ भन्ने आफैं पनि अनुमान लगाउन सक्छौं। 
सन् १९९५ मा न्यूयोर्क टाइम्समा प्रकाशित एक
लेखका अनुसार जानाडु २.० मा २० वटा कार
अट्ने ग्यारेज छ। यो एक पहाड नजिकै छ। जानाडु २.० भित्र ६० फिटको इनडोर र आउटडोर स्विमिङ पुल पनि छ। जसमा पानीभित्र म्युजिक सिस्टम व्यवस्था छ। यहाँ
ट्राम्पोलिन कोठा पनि छ जहाँ जिम अथवा अन्य व्यायाम गर्न सकिन्छ।

जानाडु २.० भित्रै दुई हजार ५ सय स्क्वायर फिटको जिमखाना रहेको प्रकाशित
लेखमा समावेश गरिएको थियो। त्यस्तै भित्र आर्ट-डेको फिल्म थिएटर छ। अर्थात् भर्चुअलमा
वास्तुकला डिजाइनहरू भएको थिएटर। यहाँ हरेक कोठामा टच-प्याड-नियन्त्रित, भन्नाल छोएकै भर बत्ती, संगीत र कोठाको वातावरण नियन्त्रण गर्न सकिने प्रणाली छ।

सिएनएनले बिल र मेलिन्डा गेट्सका प्रवक्तासँग उनीहरू बस्ने घर र सम्ब न्धविच्छे दपछि घर कसको हुनेछ भन्नेबारे जान्न खोजे पनि उनले कुनै टिप्पणी दिएनन्।

साभार : सेतोपाटीबाट साभार