Tuesday, October 26
Shadow

‘एक सिलिण्डर अक्सिजन दिनुस्, मेरो मान्छे बचाइदिनुस् भन्दै मान्छेहरु हात जोड्दै गेटमा आएर रोएका छन् म के गरौ

पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योग परिसरमा केही दिनदेखि ठूलो भिड छ ।

विभिन्न अस्पतालका लागि अक्सिजन लिन आएका सवारी साधन तथा व्यक्तिगत प्रयोगका
लागि अक्सि जन माग गर्न आउनेहरुको चाप केही दिनदेखि थेगि नसक्नुभएको उद्योगका अध्यक्ष नारायणदत्त तिमिल्सिना बताउँछन् ।

अक्सिजन जोहो गरिदिन फोनबाट आग्रह गर्ने र उद्योगमै आएर बिलौना गर्नेहरुको पीडाले आफू
पनि विक्षिप्त भएको तिमिल्सिनाले सुनाए । ‘एक सिलिण्डर अक्सिजन दिनुस्, मेरो मान्छे बचाइदिनुस् भन्दै मान्छेहरु हात जोड्दै गेटमा आएर रोएका छन् म के गरौं’ उनले अनलाइनखबरसंग भने ।

उद्योगको क्षमता भन्दा बढी माग भएपछि अक्सिजन व्यवस्थापन निकै चु नौतीपूर्ण भएको
उनले सुनाए ‘अस्पतालहरु स्वास्थ्य मन्त्रालयको चिठी लिएर आएका छन्, बिरामीका आफन्तहरु
रित्तो सिलिण्डर लिएर आएका छन्, कसलाई दिने, कसलाई नदिने, हामी असजि लोमा छौं,’ तिमिल्सिनाले भने ।

सरकारले स्वास्थ्य मन्त्रालयको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन निर्देशन गरेपछि
ढोकामै आएर बिलौना गरेकाहरुलाई अक्सिजन उपलब्ध गराउन कठिन भएको उनले सुनाए ।

विराटनगरको विनायक र काठमाडौंको कान्तिपुर अक्सिजन उद्योगको अवस्था पनि उस्तै भएको
दुवै कम्पनीका सञ्चालन गौरव सारडाले बताए । अक्सिजन लिन अस्पतालका गाडीहरु लाम
लाइनमा लागेको र होम आइसोलेसनमा रहेका बिरामीमा लागि अक्सिजन लिन आउने भिड पनि
उस्तै रहेको उनले सुनाए ।

‘सरकारको परिपत्रपछि होम आइसो लेसनमा बस्नेका लगि अक्सि जन दिन नपाइने भन्ने छ तर
मानिसहरु पीडाका साथ आफ्ना समस्याहरु सनाउँछन्,’ सञ्चालक सारडाले भने ।
परिवारको मान्छे बचा इदिनुस् भनेर बिन्ती गर्दा पनि केही जवाफ दिन नसक्ने अवस्थामा उद्योगहरु पुगेको उनले सुनाए ।

अक्सिजन माग गर्दै आउने फोन सम्हाली साध्यै नभएको लुम्बिनी ग्यास प्रालि रुपन्देहीका
सञ्चालक रमेश खनालले बताए । अक्सिजन विवरणबारे प्रमुख जिल्ला अधिकारीले निर्धारण
गरेको कोटामा उद्योगले काम गरे पनि घरमा आइसोलेसनमा बसेका बिरामी का आफन्तबाट
निकै धेरै फोन आउने गरेको उनले सुनाए ।

विराटनगरमा रहेको मारुती उद्योगमा पनि अक्सिजनको माग उच्च भएको उद्योगले जनाएको छ ।
उद्योगले १० वटा विक्रेतामार्फत अक्सिजन बिक्री गरेपनि स्थानीय तहका प्रमुखहरु र प्रमुख जिल्ला
अधिकारीमार्फत अक्सिजनका लागि चासो व्यक्त हुने गरेको उद्योगका सञ्चालक विवेक अग्रवालले बताए ।

अक्सिजन वितरणमा उचित व्यवस्थापन नहुँदा सरकार, अस्पताल र बिरामीका आफन्तको
चेपुवामा उद्योगहरु पर्न थालेको उनको भनाइ छ । होम आइसोले सनमा बसेका बिरामीका लागि
अक्सिजन उपलब्ध गराउन काठमाडौं उपत्यकाका अक्सिजन उत्पादकलाई मन्त्री
सचिव र प्रहरीका उच्च अधिकारीले दबाब दिन थालेको उद्योग सञ्चालकले दुखेसो गरेका छन् ।

केही मन्त्री, नेपाल सरकारका सचिव र प्रहरी उच्च अधिकारीले जसरी पनि अक्सिजन चाहियो
भन्दै फोन गरेको एक उद्योगीले बताए । ‘समस्या जटिल छ, मिल्छ भन्ने व्यवस्था गरिदिनुपर्‍यो भन्दै
फोन आउँछ । हाम्रा लागि सबै जना उस्तै हो कसलाई दिने कसलाई नदिने,’ ती उद्योगीले भने ।

साभार : अनलाईन खबरबाट साभार