Tuesday, October 26
Shadow

के ग्यास सिलिन्डरमा अक्सिजन भर्न सकियला त ?

कोभिड १९ महामा रीको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । सं’क्रमित बिरा मीको चाप बढेसँगै अस्प तालहरूमा उपचा ररत बिरा मीलाई अक्सिजन सपोर्ट अनिवार्य जस्तै भएको छ ।

अस्पताल भर्ना भएका प्राय बिरामीलाई अक्सिजन सपोर्ट आवश्यक भएपछि अक्सिजनको अभाव  चुलिएको छ ।
पर्याप्त मात्रामा अक्सिजन उत्पादन भए पनि अक्सिजन भर्ने सिलिन्डर भने अभाव भएको छ ।

सिलिन्डर अभावमा अक्सिजन  वितरणमा समस्या व्यहोर्नुपरेको अक्सिजन उत्पादकहरूको भनाइ छ ।

महामारीले जसरी उच्च रूपमा फैलँदै गएको छ यही अवस्था कायम रहे अहिले उपलब्ध
अक्सिजन सिलिन्डरले कुनै हालतमा थेग्न नसक्ने उत्पादकहरूको भनाइ छ ।

सरकारले २० हजार अक्सिजन सिलिन्डर खरिद प्रक्रिया थालेको बताएको छ । छिमेकी मुलुक
चीनले २० हजार सिलिन्डर अनुदानमा दिने भनेपछि आज मात्रै चार हजार सिलिन्डर लिन
नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाँदै छ ।

तर सरकारले खरिद गर्ने भनेको र सबै अनुदनाका सिलिन्डर कहिले नेपाल आइपुग्ने कुनै टुंगो छैन ।

अक्सिजन अभावमा बिरामीको मृत्यु भएकै घटना बाहिरिएपछि यतिबेला बहस चलेको छ,
‘खाना पकाउने रित्तो सिलिन्डरमा अक्सिजन भर्न मिल्छ ?’

ठूलो संख्यामा सिलिन्डर उपलब्ध हुने, देशव्यापी वितरण सञ्जाल भएको र आपूर्तिका लागि सहज
भएका कारण मानिसहरूले जिज्ञासा राखिरहेका छन् । मिल्छ भने खाना पकाउने रित्तो
सिलिन्डरबाट अक्सिजनको अभाव पूर्ति गरौँ ।

के एलपीजीको सिलिन्डरमा अक्सिजन भर्न मिल्छ ?

यो आम जिज्ञासाको समाधानका लागि हामीले अक्सिजन क्षेत्रमा झण्डै चार दशक बढी का गरेका इन्जिनियर सुरेन्द्रभक्त माथेमालाई हामीले यही प्रश्न सोध्यौं, ‘के अक्सिजन अभावको पूर्ति
ग्यासको खाली सिलिन्डरमा भरेर सम्भव छ ?’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्प’ताल छाउनीसहितका कयौं अस्पतालको अक्सिजन
प्लान्ट निर्माणको काम गरेका माथेमा अहिले बि एण्ड बी अस्पतालको टेक्निकल कन्सल्ट्याण्टको
रूपमा कार्यरत छन्।

हाम्रो प्रश्नपछि माथेमाले अक्सिजन सिलिन्डर र ग्यासको सिलिन्डरको भिन्नता बुझाए ।
जसअनुसार अक्जिनको हाल प्रयोजनमा रहेको जम्बो सिलिन्डर (आइएसओ ९८०९-१) ४८. किलोको हुन्छ । र यसको आयतन ४७ लिटर हुन्छ । यो सिलिन्डरमा हामीले पानी भर्ने हो भने ४७ लिटर अट्छ ।

सिमलेस फलामको ५.३ एमएम थिकनेसमा अक्सिजनको सिलिन्डर बनेको हुन्छ । यसमा
राख्नसक्ने अक्सिजन १५० बार हुन्छ । त्यो भनेको सात हजार ५० लिटर अक्सिजन अट्नसक्ने भनिएको हो ।

यदी ६ लिटर प्रतिमिनेट अक्सिजन चाहिने बिरामीलाई यो सिलिन्डरको अक्सिजनले २०
घण्टा धान्ने उनी बताउँछन् ।

यदी प्रतिमिनेट दुई लिटर अक्सिजन चाहिन्छ भने ४९ घण्टा उक्त सिलिन्डरले धान्छ । हाल
कोभिडको निकै जटिल अवस्थाका बिरा’मीलाई
हाइफ्लो अक्सिजन (सिप्याप) मार्फत उप|चार
गराउँदा प्रतिमिनेट ६ लिटर अक्सिजन खपत हुने माथेमाको भनाइ छ ।

निकै ढिलागरी अस्पताल पुगेका बिरामीलाई ५० लिटर प्रतिमिनेट अक्सिजन चलाउनुपर्छ र त्यस्तो
अवस्थामा ठूलो सिलिन्डरले साढे दुई घण्टा मात्रै धान्छ । यस्तो अवस्थामा एउटै विरामीलाई
दिनभरी दिन १० वटा सिलिन्डर समेत चाहिने हुनसक्ने उनको भनाइ छ ।

यसैको आधारमा अक्सिजनको सिलिन्डर डिजाइन गरिएको हुने माथेमा बताउँछन् ।
अक्सिजनको तुलनामा खाना पकाउने ग्यासको
सिलिन्डर कमजोर र निकै सानो हुने उनको भनाइ छ ।

तथापि एलपी ग्यासको सिलिन्डरका ग्यास भर्नै नमिल्ने भने नहुने उनले बताए ।

साभार : अनलाईन खबरबाट साभार