Wednesday, December 1
Shadow

‘झलनाथ, माधवले पार्टी विभा’जन गरे भने म पनि सहभागी हुन्छु, केपी ओलीसँग बस्न सक्दिनँ’

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालहरुले पार्टी विभा’जन गरेमा आफूहरु पनि उनीहरुसँगै नयाँ पार्टीमा सहभागी हुने घोषणा गर्नुभएको छ ।

नेकपा एमालेमै बसेर समानान्तर गतिविधि गर्ने र कमिटीहरु बनाउने विषयमा आफू सहमत हुन नसक्ने तर पार्टी विभा जन भएमा आफूसमेत सहभागी हुने उहाँले बताउनुभएको हो ।

नेकपा एमाले एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहनुभएका गौतमले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ को जेठ २ गतेमा फर्किनुपर्ने बताएपछि अध्यक्ष ओली त्यो पक्षमा नरहनुभएको बताउनुभएको छ ।

२०७५ को जेठ २ गतेको अवस्थामा फर्कन नमानेकोले आफूले ओलीलाई साथ दिन नसक्ने गौतमले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उज्यालो 90 नेटवर्क बाट साभार