Tuesday, December 7
Shadow

प्रधानमन्त्री ओलीले भोलि बेलुका राजीनामा दिने ! के होला त अब जान्नुस

साभारः जन आस्था

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बेलुका राजीनामा दिने भएका छन् । भोलि दिउँसो संसदमा प्रधानमन्त्रीले विश्वा सको मत लिँदैछन् ।
तर, संसदको अंक गणितले उनलाई विश्वासको मत मिल्ने अवस्था छैन । त्यसैले विश्वासको मत न पाएपछि स्वतः रा जीनामा दिनुपर्ने
भएकाले प्रधानमन्त्रीले राजीनामा दिने पक्का भएको हो ।

जनआस्था अनलाइनका अनुसार स्रोत भन्छ ‘भोलि विश्वासको मत नपाएपछि लगत्तै शीतल निवास पुगेर राजीनामा दिनुहुनेछ । अनि
राष्ट्रपतिले पनि त्यहिँ अल्पमतको सरकारको प्रधानमन्त्री बनाएको घोषणा गर्नुहुनेछ । भोलि साँझदेखि सम्भवतः उहाँ ठूलो पार्टीको
संसदीय दलको नेताको हैसियतमा कामचलाउ प्रधानमन्त्री बन्नुहुनेछ ।’

यसअघि ०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म
कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ । सरकारी विश्लेषण अनुसार अहिलेको
म हामारी अझै ६ देखि ८ महिना लम्बिने छ । यसकारण निर्वाचन र अन्य कार्यक्रम स्वतः केही समयसम्म लम्बिनेमा उनीहरू ढुक्क
भएका हुन् ।

थप समाचारका लागि जनआस्था डटकमको यो लिन्क क्लिक गर्नुहोस्