Saturday, October 23
Shadow

कोरोनाको कारण एकएक दिनको अन्तरालमा एकैघरका तीन दाजु भाइको अ’कालमा मृ’त्यु

को’रोना सङ्क्र’मणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अ’कालमा मृ’त्यु भएको छ । मृ’त्युहुनेमा नेपालगञ्ज उपमहानगर
पालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।

जिल्ला को’भिड स’ङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृ’त्यु भएको हो ।
जहीरको मृत्यु भएको भोलिपल्ट एजा’जको मृ’त्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो ।
सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् ।

उनीहरु सबैको भेरी अ’स्पतालमा उ’पचारको क्रममा मृ’त्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आउनु भएका
जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृ’त्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृ’त्युपछि परिवारमा
ब’ज्रपात परेको स्थानीय रसिद कुरेशीले बताउनुभयो ।

बिहीवार रातीमात्रै बाँकेका अस्प’तालमा भर्ना भएका थप १० को’रोना सङ्क्र’मित बि’रामीको उप’चारकाक्रममा मृ’त्यु भएको थियो ।
हालसम्म बाँकेमा सङ्क्र’मणबाट मृ’त्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृ’त्यु भएको जिल्ला को’भिड सङ्क’ट व्यवस्थापन केन्द्रले जनाएको छ ।

पोखरा न्यूजबाट साभार गरियको